ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपांगताको सवाल चुनावी मुद्दामा समावेश


admin
२९ कार्तिक २०७४, बुधबार   १२ : ३५   बजे

काठमाडौँ, २९ कात्तिक ।   विभिन्न राजनीतिक पार्टीले यस पटक पनि अपांगताका विषयलाई चुनावी मुद्दा बनाएका छन् ।

यसअघि भएका हरेक निर्वाचनमा दल र दलका नेताले अपांगताका हरेक समस्या समाधान गर्ने भन्दै अपांगता भएका व्यक्तिको मत आफ्नो पक्षमा पार्न घोषणापत्रमार्फत विभिन्न आश्वासन दिँदै आएका थिए ।

आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा समेत मुख्य राजनीतिक दलहरूले ती मुद्दालाई आआफ्ना घोषणापत्रमा समावेश गरेका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम गठबन्धनको घोषणापत्रमा अपांगताप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन गरिने र उनीहरूको शिक्षा, सीप विकास र रोजगारीबाट उनीहरूभित्रको विशेष क्षमतालाई उजागर गर्न विशेष कार्यक्रम सञ्चालन गरिने संकल्प गरिएको छ ।

‘अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ, ती व्यक्तिहरूलाई स्थानीय अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ’–घोषणापत्रमा भनिएको छ ।

राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले राजनीतिक दल र दलका नेताहरूले प्रत्येक निर्वाचनमा अपांगता भएका व्यक्तिलाई भोटका रूपमा मात्रै प्रयोग गर्ने गरेको गुनासो गर्नुभयो । त्यसैगरी, अपांगता भएका व्यक्तिलाई रोजगारी दिने उद्यमी व्यवसायीलाई विशेष सम्मान र प्रोत्साहनको व्यवस्था गरिनेछ भनी नेपाली काँग्रेसको घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा भनिएको छ,– “अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय प्रचलनअनुरुप सामाजिक सुरक्षाको प्रत्याभूति गरिनेछ, अपांगताको प्रकृति हेरी उपयुक्त सीपमूलक तालीम प्रदान गरी रोजगारीका अवसरमा पहुँच विस्तार गरिनेछ तथा स्वरोजगारीका अवसरको सिर्जना गर्दै उद्यमशीलताको विकास गर्न विशेष आर्थिक सहयोगको व्यवस्था गरिनेछ ।”

सबै सार्वजनिक पूर्वाधारमा अपांगमैत्री प्रविधि राखी निर्माण गर्नुपर्ने मापदण्ड जारी गरी कार्यान्वयनको अनुगमन गर्ने र अपांगता भएका व्यक्तिलाई राज्यका सबै सार्वजनिक सेवा, स्थान तथा अन्य सुविधामा विशेष व्यवस्थासहित समावेशी र समानुपातिक प्रतिनिधित्व र पहुँच सुनिश्चित गर्ने संकल्प काँग्रेसको रहेको छ ।

अपांगता भएका व्यक्तिले प्रयोग गर्ने उपकरण स्वदेशमै उत्पादन गर्न प्रोत्साहन गर्ने र अपांगता भएका व्यक्तिलाई रोजगारी दिने उद्यमी व्यवसायीलाई विशेष सम्मान र प्रोत्साहनको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । अपांगता भएका व्यक्तिले राज्यका हरेक संरचनामा आफ्नो समान सहभागिताको माग गर्दै आएका छन् ।

त्यसरी नै नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नेकपा (माले) लगायतका पार्टीले समेत अपांगताका विषयलाई घोषणापत्रमा समावेश गरेका छन् ।

पहिलो संविधानसभामा एकजना अपांगता भएका व्यक्तिको सहभागिता रहेको थियो भने दोस्रो संविधानसभामा एक जनाको समेत सहभागिता थिएन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम गठबन्धनको घोषणापत्रमा बालबालिकाको सवालमा पनि उल्लेख गरिएको छ ।

“बालबालिकाको जन्मदर्ता, प्रारम्भिक बाल विकास, शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन, मानसिक तथा प्रजनन स्वास्थ्य तथा सर्वाङ्गीण व्यक्तित्व विकासका निम्ति आवश्यक व्यवस्था गरिनेछ”– बाम घोषणापत्रमा भनिएको छ ।

बालबालिकाको सर्वोपरि हितका लागि बालमैत्री घर, समाज, विद्यालय, उद्यान, समुदाय तथा बालमैत्री स्थानीय तह निर्माण गरिने र असहाय बालबालिकालाई निःशुल्क आवासको व्यवस्था गरिने घोषणापत्रमा भनिएको छ । सबै बालबालिकालाई बाल संरक्षण अनुदानको दायरामा ल्याउँदै बालबालिकाप्रतिको राज्यको दायित्व पूरा गर्ने संकल्प वाम गठबन्धनको छ ।

नेपाली काँग्रेसलगायतका दलले बालस्वास्थ्य र मातृशिशु स्वास्थ्यका कार्यक्रम हरेक घरदैलोमा पु¥याइने लगायत बालबालिकासम्बन्धी विषयमा संकल्प गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group