काठमाडौं २९ कात्तिक । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा अख्तियारबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
यस अघि आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित र पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।
महानिर्देशक पाण्डेको पनि उनीहरुको घुस काण्डमा संलग्नता रहेको भन्दै पाण्डे पक्राउ गरिएको बताइएको छ ।
पाण्डे आमागमी मंसिर ६ गते अवकाश हुने तयारीमा थिए ।
प्रतिक्रिया दिनुहोस्