ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्फाद्वारा मोफसलको खेल तालिका सार्वजनिक


admin
९ पुस २०७६, बुधबार   १ : १८   बजे

काठमाडौं, ९ पुस । अखिल नेपाल फुटबल सङ्घ एन्फाले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।

सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र धनगढीमा दुई/दुई प्रतियोगिता हुनेछ । यस्तै बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज, सिमरा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँमा एक/एक प्रतियोगिता हुने एन्फाले जनाएको छ ।

तालिकाअनुसार फागुन १ देखि १० गतेसम्म पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा वागमती गोल्डकप आयोजना गर्नेछ । फागुन १५ देखि २४ गतेसम्म झापा गोल्डकप, माइभ्याली गोल्डकप र बागलुङमा मेयर कप आयोजना गरिनेछ । यस्तै फागुन २२ देखि चैत १ गतेसम्म पोखरामा आहा रारा गोल्डकप, सर्लाहीमा राजर्षी गोल्डकप र वीरगञ्जमा विशाल मेमोरियल गोल्डकप सञ्चालन हुनेछ । फागुन २९ देखि चैत ८ गतेसम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहवी गोल्डकप, धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गङ्गा गोल्डकप, चैत १३ देखि २२ गतेसम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप आयोजना गरिने एन्फाले जनाएको छ ।

यस्तै फागुन ८ देखि १७ गतेसम्म बुटवलमा तिलोत्तमा गोल्डकप, धरानमा बुढासुब्बा गोल्डकप, फागुन २४ देखि चैत ३ गतेसम्ममा नेपालगञ्ज गोल्डकप, चितवनमा भरतपुर गोल्डकप तथा चैत ६ देखि १५ गतेसम्म सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकप आयोजना गरिनेछ । यसैगरी एन्फाले फागुन ५ देखि १५ गतेसम्म चितवनमा राइनो गोल्डकप, फागुन ११ देखि २२ गतेसम्म धनगढीमा खप्तड गोल्डकप, चैत २० देखि २९ गतेसम्म एन्फा नकआउट प्रतियोगिता र चैत १७ देखि वैशाख ६ गतेसम्म झापामा मेचीनगर गोल्डकप सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu