ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोकर्ण रिसोर्ट कानुन सम्मत दिएको ट्रष्टको दाबी, आर्थिक घोटालाबारे सरकारले छानबिन गर्ने ( भिडियोसहित)


एबीसी न्यूज
१३ पुस २०७६, आइतबार   १ : १२   बजे

 

काठमाडौं, १३ मंसिर ।  गोकर्ण फरेस्ट रिसोर्टको लीज सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदै थप २५ वर्षको लागि सम्झौता गरिएको छ । २५ वर्षका लागि म्याद थपिएपछि चौतर्फि आलोचना भइरहको छ । उच्च नेतृत्व तहको मिलोमतोमा यती समूहलाई लिजमा दिईएको भन्दै बिरोध भएपछि नेपाल ट्रष्टले कानुन अनुसार नै गरिएको स्पष्टिकरण दिएको हो ।

सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रालि पुनः लीजमा दिएपछि विरोध भएको छ । सरकारी जग्गालाई कौडिको मुल्यमा सम्झौता गरिएको भन्दै बिरोध भएका हो । सरकारी स्वामित्वको सम्पत्ति सम्झौता अबधी नसकिदै २५ वर्षका लागि दिएपछि बिरोध गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकामा पर्ने गोकर्ण रिसोर्ट २७ सय ९३ रोपनी क्षेत्रफलमा फैलिएको छ । पुरानो सम्झौताअनुसार सरकारले ३० वर्षका लागि अधिकतम ५० लाख अमेरिकी डलर अर्थात झण्डै ५७ करोड मात्र भाडा तिर्दै आएको थियो यसरी हेर्दा प्रतिरोपनी मासिक ६ सय रुपैयाँ समेत पर्दैनथ्यो । पुरानो सम्झौताअनुसार लिज अवधि सकिनु झन्डै छ वर्ष बाँकी छँदै फेरि कौडीको भाउमा २५ वर्षका निम्ति दिइएको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताएका छन । प्रधानमन्त्री ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको बताए ।

यता नेपाल ट्रस्टको कार्यालयले गोकर्ण फरेस्ट रिसोर्टको भाडा अवधि थप गर्ने सम्झौताबाट राज्यलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब चार अर्ब ३२ करोड लाभ प्राप्त हुने दाबी गरेको छ । एलएम सुभीर ब्रदर्स नेपाल प्रालिसँग पुरानो सम्झौता कायमै रहँदा नयाँ सम्झौता गर्न सकिने प्रावधान र कानुनी प्रक्रियाका आधारमा नेपाल सरकारले गत मंसिर २३ को निर्णयले २५ वर्षका लागि भाडा अवधि थप गरिएको जनाएको हो ।
पुरानो सम्झौता कायमै रहँदा नयाँ सम्झौता गर्न सकिने कानूनी व्यवस्थाका आधारमा यति समुहलाई दिइएको ट्रस्टले जनाएको हो । ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीले समयमा निर्णय गर्ने प्रवृति नबसाल्ने हो भने लगानीको वातावरण पनि विग्रने र गोकर्ण फरेस्टको जग्गा गाई चराउने अवस्थामा पुग्ने बताए ।

ट्रस्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा भाडा अवधि थप गर्न सकिने व्यवस्थाको आधार बनार २५ वर्षको समय थप गरिएको भनिएको भएपनि काठमाडौ जस्तो बहुमुल्य स्थानलाई सम्झौता अवधि नसकिदै थप सम्झौताले ट्रष्टको जग्गाको दुरुपयोग त होइन आशंका पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group