ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको लगानी नीति स्थिर र विश्वसनीय बनाऊ : चिनिया राजदूत


ABC NEWS
२ मंसिर २०७४, शनिबार   ९ : ५९   बजे

मंसिर २ काठमाडौं । नेपालका लागि चिनिया राजद्ुत यू होङले चीनले नेपालसँग सडक र रेल दुवै मार्गबाट जोडिन चाहेको बताएकी छन् । चीनको सर्वाधिक महत्त्वाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ मा सामेल भएको नेपालमा सीमापार रेलमार्ग, दुई राजमार्ग र तीन सुक्खा बन्दरगाह बनेपछि आपसी हित हुने खालको ठूलो व्यापारिक गतिविधि बढ्ने युले बताइन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं महाधिवेशनपछि राष्ट्रपति सी चिनपिmङले प्रस्तुत गरेको चिनिया विशेषतासहितको समाजवादको अवधारणाबारे नेपाली सञ्चारकर्मीलाई ‘ब्रिफ’ गर्दै चिनियाँ राजदूत यूू होङले नेपालसँग आफ्नो देशले विकास गर्न चाहेको सम्बन्धका विविध आयामहरुबारे व्याख्या गरिन ।
‘चीन नेपालसँग आर्थिक, सामाजिक, सांस्कृतिक र व्यापारिक सबै हिसाबले गहिरोसँग जोडिन चाहन्छ,त्यसका लागि सडक र रेलमार्ग दुवैको विकास गर्न चीन प्रतिबद्ध छ’ राजदुत यूले स्पष्ट गरिन ।
‘कठिन भौगोलिक अवस्थितिका कारण रेलमार्गले असाध्यै अप्ठ्यारो सामना गर्नुपर्नेछ । यसका अलावा चीन नेपाल सरकारसँगको सहकार्यमा साविकको अरनिको राजमार्गकै समानान्तर महत्त्वका साथ रसुवागढी स्याफ्रुबेंसी राजमार्गको विकास गर्ने प्रक्रियामा छ’राजदूत यूले थप व्याख्या गरिन ।
नेपालमा चिनियाँ पर्यटक बर्सेनि बढिरहेको र त्यसै अनुपातमा चिनियाँ भाषा सिक्ने नेपालीको संख्या पनि थपिँदै गएकामा राजदूत यूू ले खुशी व्यक्त गरिन ।
नेपालले आर्थिक विकास र लगानीका लागि उपयुक्त बातावरण बनाउन आवश्यक रहेकोमा विशेष जोड सहित बताएकी थिइन । केही दिन अघि बर्तमान कामचलाउ सरकारले चिनिया सरकारी कम्पनी गेजुवलालई बुढी गण्डकी जलविद्युत परियोजना बनाउन दिने अनुमति पत्र रद्ध गरेपछि राजदूतको यो भनाई सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group