बाजुरा, २ मंसिर ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले लोकतन्त्र मास्ने उद्देश्यले कम्युनिष्ट गठबन्धन भएको आरोप लगाउनुभएको छ ।
शनिबार बाजुरा जिल्लामा आयोजित चुनावी सभालाई संबोधन गर्दै देउवाले लोकतन्त्रविरुद्ध बाम गठबन्धन बनेको बतानुभएको हो । उहांले अगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रजातन्त्रको भविष्यका लागि महत्वपूर्ण खुट्किलो भएको उल्लेख गर्नुभयो ।
उहांले २००७ सालमा राणा शासनको अन्त्य गरी लोकतन्त्रको नयां बिहानी ल्याएको नेपाली कांग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको र जनताको अधिकार खोस्न नदिने बताउनुभयो । देशको विकास र समृद्धिका लागि कांग्रेसको विकल्प नभएको भन्दै उहांले कांग्रेसका उम्मेदवारलाई अत्यधिक बुहमतले निर्वाचित गराएर लोकतन्त्रको रक्षा गर्न आह्वान समेत गर्नुभयो ।
सम्बोधनको क्रममा उहांले बाजुरा जिल्लाको विकासका लागि सरकार र कांग्रेसले कुनै कसर बांकी नराख्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्