ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिलाम्मे मैदानका कारण ए डिभिजन लिगमा दर्शक नआउँदा एन्फा चिन्तित (भिडियोसहित)


एबीसी न्यूज
२१ पुस २०७६, सोमबार   १० : ०१   बजे

काठमाडौं, २१ पुस । सहिद स्मारक ए डिभिजन लिगमा शनिबारबाट पाँचौ चरणका खेल सञ्चालन गर्ने यस अघि अखिल नेपाल फुटबल संघ एन्फाले तालिका सार्वजनिक गरेको थियो । लिगका दुई अपराजित टोलीद्वय मनाङ मस्र्याङ्दी र स्टार खेलाडीले भरिएको मच्छिन्द्रबीचको खेल शनिबारका लागि तोकिए पनि खराब मौसम र हिलाम्मे मैदानका कारण स्थागित भएको छ ।

भ्रमण वर्षको उद्घाटन सत्र भएको त्रिपुरेश्वर स्थित दशरथ रंगशाला शुक्रबार परेको वर्षाका कारण हिलाम्मे भएको छ । यही विषयलाई कारण बनाउँदै एन्फाले शनिबार तय भएका पाँचौ चरणका खेललाई सोमबारबाट सञ्चालन गर्ने शुक्रबार सूचना जारी ग¥यो । पाँचौ चरणका खेल सञ्चालनका लागि रंगशाला नै एन्फाले खेल स्थल तोकेको थियो । तर मैदान खेलका लागि अनुपयुक्त भएको कारण देखाउँदै लिगको महत्वपूर्ण खेल स्थगित गर्नु परेको लिगका निर्देशक सञ्जीव मिश्रले बताए ।

त्यसो त आयोजक एन्फाले दर्शक दिर्घामा दर्शक तान्ने विभिन्न आयोजना ल्याए पनि दर्शक लिगका खेल अहिले सम्म आएका छैनन् । मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भुटानसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दा दर्शकको ओइरो रहेको थियो । तर नेपाली फुटबलको मेरुदण्डको रुपमा हेरिएको सहिद स्मारक ए डिभिजन लिगमा दर्शक नआउँदा एन्फा चिन्तित भएको हो । पाँचो चरणका खेल दशरथ रंगशालमा तय भए हिलो मैदानका चैत्र १४ र १८ गते अस्ट्रेलिया र चाइनिज ताइपेइ विरुद्धको खेलमा मैदान विग्रने डरले जोखिम नलिएको सञ्जीव मिश्र बताउछन् ।

लिगमा चौथो चरणका खेल समाप्त भइसकेका छन् । केही खेल एन्फा मुख्यालयमा सञ्चालन भए भने केही खेल दशरथ रंगशालमा सञ्चालन भए । तर लिगको महत्वपूर्ण मानिएको पाँचौ चरण खेलमा दर्शक र खेल व्यवस्थित गर्न दशरथ रंगशाला नै एन्फाले तोकेको हो । अन्य देशमा मैदानको पानी फाल्नका ढल निकासका लागि विशेष योजना मिलाइएको हुन्छ । तर रंगशालामा यस्तो नभएको सञ्जीव मिश्र स्वीकार गर्छन ।

चौथो चरणका खेल सम्पन्न हुँदा साविकको च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब लिगको शीर्ष स्थानमा छ । तीन खेलमा जित र १ खेलमा बराबरी खेलेको मनाङको १० रहेको छ ।

यस्तै तालिकाको दोस्रो स्थानमा एक अंक घटुवा भएको मच्छिन्द्र समान जित र एक बराबरीका साथ ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै विभागीय टोली त्रिभुवन आर्मी समान ९ अंकका साथ तालिकाको तेस्रो स्थानमा अर्को अपराजित टोली जावालखेल युथ क्लब ८ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu