ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार बम विष्फोट, सुरक्षा ब्यवस्था कमजोर


sharan sharan
२ मंसिर २०७४, शनिबार   ७ : ४४   बजे

काठमाण्डौ ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिंदै जांदा उम्मेदवारलाई लक्षित गरेर शृंखलाबद्ध बम आक्रमणको घटना बढेको छ । उम्मेदवालाई केन्द्रित गरेर आक्रमण बढेपछि निर्वाचन सुरक्षा व्यवस्थाप्रति प्रश्न चिन्ह खडा भएको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारका लागि निर्वाचन अभियानमा हिंडेका उम्मेदवारहरुलाई लक्षित गरी पछिल्लो साता बम विस्फोट भइरहेका छन् । बम विष्फोटसंगै निर्वाचन प्रचार प्रसारमा लागेका उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता र मतदाता समेत त्रसित भएका छन । शनिबार पनि विभिन्न स्थानमा बम विष्फोट भएको छ ।

नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुंको नेपालडांडामा प्रेसर कुकुर बम प्रहार भएको छ । बम प्रहारबाट पौडेल सवार गाडीको सिसा फुटेको छ । पहाडसंगै तराईमा समेत बम आंतक सुरु भएको छ । रौतहटको चन्द्रानिगाहपुर नगरपालिका–५ राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट भएको हो । विस्फोटमा ८ जना घाइते भएका छन् । पाथिभाराको सुनकोशीमा समेत बम विस्फोट भएको छ । शुक्रबार नुवाकोटबाट प्रतिनिसभाका उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतमाथि पनि युद्धकालकै घटनाजस्तै बम विस्फोट गराइको छ । घटनामा पांच जना घाइते भएका थिए । रोल्पामा वर्षमान पुनमाथि लक्षित गरेर ३ पटक बम विस्फोट गराइएको छ । माओवादी केन्द्रका नेता एवम् गोरखाका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्र दाङबाट प्रतिनिधिसभा उम्मेवार कृष्णबहादुर महरा, रुकुमबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका नेता जनार्दन शर्मा र पुर्व सभामुख ओनसरी घर्तिमाथि लक्षित गरेर आक्रमण भइसकेको छ ।

यस्तै भोजपुरबाट प्रदेशसभाका लागि उम्मेदवार बनेका एमाले नेता शेरधन राईलाई लक्षित गरेर बम प्रहार भएको थियो । यसरी उम्मेदवारको ज्यानै दिने उद्देश्यले शृंखलाबद्ध रूपमा बम विस्फोटको घटना भइरहंदा सरकार र सुरक्षा निकाय भने गम्भीर हुन सकेका छैनन् । यसरी निर्वाचनलाई असर गर्नेगरी शृङ्खलाबद्ध बम विष्फोट हुंदा आम मानिसमा समेत त्रास बढेको छ । बम विस्फोटका घटना बढ्दै गएपछि चुनावीसभामा जाने नेता तथा कार्यकर्ता पनि सशंकित भएका छन । सर्वसाधारण त्रसित बनाउने गरी विष्फोट गरिएको बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले राखेको अनुमान गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन विथोल्ने षडयन्त्र भइरहेको आरोपसमेत लगाएका छन् । अध्यक्ष ओलीले निर्वाचनविरोधी गतिविधिलाई तत्काल नियन्त्रण गरी शान्ति, सुरक्षाको व्यवस्था सुदृढ बनाउन सरकारसँग माग गरेका छन् । ओलीले निर्वाचन अभियानमा जुटिरहेका बेला उम्मेदवारहरुमाथि निरन्तर आक्रमण प्रयास भईरहँदा समेत सरकारले नियन्त्रणका लागि उचित कदम चाल्न नसकेको भन्दै आपत्ति जनाए ।
अध्यक्ष ओलीले सरकारसँग निर्वाचन विरोधी गतिविधिमा संलग्नहरुलाई तत्काल नियन्त्रणमा लिई कडा कार्वाही गर्न पनि माग गरेका छन् । निर्वाचन भयमुक्त वातावरणमा हुनुपर्दछ । उम्मेदवार र मतदाताले सुरक्षित महशुस गर्न सक्ने वातावरण बनाउने काम सरकारको हो । तर, अहिले त्यसो हुन सकेको छैन । त्यसैले सरकारले तत्काल सुरक्षा व्यवस्था मिलाउनु जरुरी देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group