ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटा यस्तो गाउं जहाँ सुन्तलाबाटै अतिथिको स्वागत हुन्छ (भिडियोसहित)


admin
२४ पुस २०७६, बिहिबार   २ : ३९   बजे

अर्घाखाँची, २४ पुस । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका १ पणेनाको सिम्ले अहिले सुन्तलामय भएको छ । यहाँका सवैजसो घरधुरीले सुन्तलाबाट न्युनतम ५० लाखदेखी १२ लाख रुपैँयासम्म आम्दानी गर्ने गर्छन । जिल्लाको पणेनामा पुगेपछि सुन्तलाबाटै अतिथिको स्वागत हुने गरेको छ ।

सिम्लेका नारायणप्रसाद पौडेलको सुन्तला बगैँचा हेर्न लायक छ । लटरम्म फलेका सुन्तला पहेलपुर छन् । विदेशको अनुभव सगाँलेका पौडेल २२ वर्षदेखि सुन्तला खेतीमै आवद्ध छन् । ६ मुरी मकै नहुने बारीमा ८ लाखको सुन्तला विक्री भएको बताउ“छन् । २०५१ सालबाट सुन्तला खेतीमा लागेका मोहन पौडेलले पाल्पाबाट सुन्तलाका विरुवा ल्याएर सुरुवात सुन्तला खेती गरेको बताए । उनले परिक्षणकालमा सुरु गरेको ६ वर्षपछि गाउँका कृषकले मकै, गहुँ खेती गर्न छोडी सुन्तला खेतीमा लागेको बताए । गतवर्ष मात्र १५ करोडको सुन्तला उत्पादन भएकोमा यसवर्ष करिब १२ करोडको सुन्तला उत्पादन हुनेमा उनि विश्स्त छन् ।

१३ वर्ष सम्म ड्राइभिङ पेसा गरेका चोलानाथ पौडेल २०६९ स ालदेखी व्यवसायीक सुन्तला खेतीमा सक्रिय रहेका छन् । उनले गतवर्ष भन्दा करिब ३० प्रतिशत सुन्तला उत्पादनमा कमी आउँने बताए । यसवर्ष ५० क्वीन्टल सुन्तला विक्री गर्ने उनको लक्ष्य रहेको छ । सुन्तला बगैँचाबाटै आजभोली प्रतिकेजी ६० रुपैँयामा विक्री भएको छ । अझै सुन्तलाको भाउँमा वृद्धि भई ७५/८० रुपैँयासम्ममा विक्री गर्न सकिने कृषक पौडेल बताउ“छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन लगाएतका ठाउँका कृषकको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती बनेको छ । यहाँ उत्पादन भएका सुन्तला रुपन्देही, कपिलवस्तु, सन्धिखर्क, तम्घास लगाएतका ठाउँमा निर्हात हुदैँ आएको छ । अर्घाखाँचीमा यसवर्ष करिव १६ करोडको सुन्तला उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्र बताउ“छन् ।

प्रदेश नं. ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा यहाँ शिवशक्ती सित भण्डारको निमार्णं काम अगाडी बढेको छ । असार मसान्तमा सक्ने गरी शित भण्डारको काम अगाडी बढेको छ । प्रदेश सरकारले यहाँको सुन्तला उत्पादनलाई व्यवसायीक बनाउँनका लागी १ करोड ८७ लाख ७५ हजार, पुर्वाधार विकास कोषबाट ५० लाख र पाणिनी गाउँपालिकाले १० लाख रुपैँया विनियोजन गरेको छ । यहाँका कृषकले आगामी वर्षबाट उत्पादित सुन्तला कोल्ड स्टोरमा राख्न पाउँनेछन् । कृषकलाई सुन्तला खेती गर्न र बजारमा विक्री गर्नका लागि सरकारले सहजता प्रदान गर्ने हो भने यहाँका कृषकले सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सक्छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group