ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक विकासमा निजी क्षेत्रको मनोबल टुट्न नदिने नेकपाको प्रतिवद्धता (भिडियोसहित)


admin
२५ पुस २०७६, शुक्रबार   १ : २१   बजे

काठमाडौं, २५ पुस । नेपाली अर्थतन्त्रसग जोडिएका बहुआयामिक पक्षमा बृहत छलफल भएको छ । बिहीबार आयोजित कान्तिपुर इकोनमिक समिट २०२० मा चरणबद्धरुपमा समिटको विभिन्न सत्रहरुमा पूर्वाधार विकास र निजी क्षेत्रको मनोबल अन्तर्गत निजी क्षेत्रको समस्या र सरकारको भूमिका विषयमा विज्ञहरुले धारणा राखेका छन् । मुख्य वक्ताको रुपमा रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाअध्यक्ष डाक्टर पिताम्बर शर्माले पछिल्लो समय गाउ“बाट शहरतर्फको बसा“इसराई बढेको कारण योजनाबद्ध रुपमा विकास हुन नसकिरहेको बताए । सहरतर्फ भइरहेको अव्यवस्थित बसाइँसराइलाई समयमै सम्बोधन गर्न नसकिए यसले अराजकता बढाउने पनि उनले बताए ।

बहसमा सहभागी विज्ञहरुले पूर्व तयारी बिनै योजना बनाउने र ठेक्कामा जाने प्रवृत्तिले आयोजनाहरु समयमै नसकिने गरेको बताए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पू“जीगत खर्च धेरै होस् भन्ने चाहनाले खरीद नियमावली एकै वर्ष चारपटक संशोधन भएको जानकारी दिए । अन्तर मन्त्रालयमा समन्वयको अभाव भईरहेको र नियमावलीभन्दा ऐन नै संशोधन गर्नुपर्ने रिमालको सुझाव छ ।
नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष एवं होटल अन्नपूर्णका अध्यक्ष सिर्जना राणाले उद्योगमैत्री नीति नियम बने पनि त्यसको कार्यन्वयन र मूल्यांकन हुन नसकिरहेको बताईन् । हतार–हतारमा भन्दा समयमै पूर्वयोजनासहित सरकारको योजनाहरु अघि बढ्न सक्नुपर्ने राणाको भनाइ छ । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले तिब्र गतिको आर्थिक विकासको लक्ष्यका लागि निजी क्षेत्रको मनोबल टुट्न नदिने प्रतिवद्धता जनाए । सरकारले नीजि क्षेत्रलाई नियन्त्रणमुखीभन्दा पनि लोकतान्त्रिक विधिका साथ देश विकासमा सहभागी गराउन प्रोत्साहन गरिरहेको पौडेलले बताए । सरकारको तर्फबाट उनले देशको परिस्थिती अनुसार आवश्यक नीतिहरु निर्माण गरिदै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रमको अन्य सत्रमा वित्तीय क्षेत्र– नियमन कि नियन्त्रण ? र ‘नेपाली अर्थतन्त्र र आजको अवस्था र भोलिको दिशा’ विषयमा नेपाली अर्थतन्त्रले भोगिरहेका चुनौती, वर्तमान सूचक र आगामी रणनीतिका विषयमा समेत छलफल भएको छ । वर्तमान सरकारले आर्थिक समृद्धि र विकासको मूल नारालाई आत्मसात् गरेर अघि बढिरहेको बताईरह“दा यस्ता छलफलले नीतिनियम निर्माण तथा कार्यान्वयनमा थप सहयोग पुग्ने देखिन्छ । आर्थिक समृद्धि र विकास प्राप्तिका लागि यी यस्ता बहस स“गस“गै उपलब्ध निचोडहरुलाई कार्यान्वयन एवम् मूल्यांकन गर्दै दिर्घ योजना निर्माणमा पनि समावेश गराउन सके लाभदायी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group