काठमांडौ, ४ मंसिर ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेस क्षेत्र नं ४ (क) उम्मेदार ओमकृष्ण कार्कीको प्रचारप्रचारमा प्रयोग भएको गाडी माथि प्रेसरकुकर बम प्रहार भएको छ । नेपाली कांग्रेसको चुनावी प्रचारप्रसारका लागि खटिएको बा १४ च ६३३० नम्बरको स्कारफी गाडीलाई आज विहान साढे ५ प्रेसरकुकर बम प्रहार भएको छ । जिल्ला वन कार्यलयको पछाडी पट्टी चालक राधाकृष्ण साह ठकुरीले आफनै घरमा पार्किडमा राखिएको गाडीमा अज्ञात व्यक्तिले गाडीको तलपट्टी प्रेसरकुकर बम राखेर फरार भएको जनाइएको छ । घटनामा गाडी भित्र राखिएको प्रचार साम्रगी, गाडीका सिसाहरुमा क्षति भएको छ । घटनावारे ईलाका प्रहरी कार्यलय सिमराले सिसी क्यामराको माध्यमवाट अनुुन्धान शुरु गरिसकेको प्रहरी निरीक्षक भुवन भट्ले जानकारी दिनुभएको छ । घटनामा कुनै मानविय क्षति नभएको र घटनामा कुनै मानविय क्षति नभएको बताइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
त्यस्तै, संखुवासभाको चैनपुरमा वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा अज्ञात समूहले आगजनी गरेको छ । आइतबार चुनावी प्रचारप्रसार सकेर बसपार्कमा पार्किङ गरिराखेको को १ ज २१२३ नम्बरको ल्याण्डरोभर जिपमा राति २ बजेतिर आगो लगाएको हो । आगोले गाडी जलेर नष्ट भएको संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्