ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गत वर्षमा भन्दा चालु आर्थिक वर्षमा बजारमा महंगी दोब्बर (भिडियोसहित)


एबीसी न्यूज
८ माघ २०७६, बुधबार   ८ : ५०   बजे

 

काठमाडौं, ८ माघ । चालू आर्थिक वर्षको सुरुको महिनादेखि सुरु भएको मुल्यवृद्धि पांचौ महिनासम्म आउंदा समेत नियन्त्रणमा आउन सकेको छैन । बजारमा मुल्यबृद्धिको कारण आम सार्वसाधारणको दैनिक जीवनमा प्रभावित हुंदै आएको छ । दिन प्रतिदिन बढिरहेको मुल्यबृद्धिलाई रोक्न नसक्ने हो भने न्यून र मध्यम आय भएका नागरिकको दैनिक जीवन चौपट हुने अवस्था देखिएको छ ।

चालू आर्थिक वर्षको पहिलो पांच महिनामा मुद्रास्फीति ६ दशमलव ५५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । मुद्रास्फितीको यो तथ्यांकले देशको आर्थिक तथा बित्तिय स्थितीको चित्रण गरको छ । यो तथ्याङ अघिल्लो वर्षको सोही महिना भन्दा दोब्बर हो ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव १० प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ । यसको सिधा असर दिन प्रतिदिन आम सर्वसाधरण मारमा पर्ने संकेत देखिएको छ । मूल्यवृद्धिले न्यून एवं मध्यम वर्गमा असर पार्ने अर्थबिद् दिपेन्द्रबहादुर क्षेत्री बताउंछन् ।

एकातिर मूल्यवृद्धिले तनाब बढाएको छ भने अर्कोतिर आयात घट्दा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पनि यही बीचमा देखिएको छ । आर्थिक वर्षको ५ महिनामा आयात ४ दशमलव २ प्रतिशतले घटेको छ भने निर्यात २७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । भारतमा मात्रै ४८ दशमलब ६ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो आयुवेर्दिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोसाक, जुस, तामाको तार तथा रडलगायतका वस्तुको निर्यात घटेको छ । निर्यातमा सबैभन्दा बढि योगदान रहेको पाम तेललाई भारतले रोकेपछि अबका दिनमा यो तथ्यांक ओरालो लाग्ने देखिन्छ । अहिले निर्यात बढेको तथ्याङ देखिए पनि यो अवस्था दिगो नभएको अर्थबिद् क्षेत्रीले बताए ।

राष्ट्र बैंकका अनुसार गत मंसिरमा तरकारीको मूल्य वृद्धिदर सबैभन्दा बढी ४२.२१ प्रतिशत छ । यस्तै मसलाको मूल्य वृद्धिदर करिब १५ प्रतिशत, रक्सीजन्य पेयपदार्थको १०.०४ प्रतिशत, सुर्तीजन्यको ९.७१ प्रतिशत र फलफूलको ८.६० प्रतिशत बढेको छ । नेपालमा आवश्यक खाद्य बस्तु नेपालमै उत्पादन गर्ने सस्कारको कमि आएकै कारण बाहिरबाट धेरै बस्तु आयात गर्नपर्ने अवस्था छ । अब सरकारले उत्पादन बृद्धि गर्नका लागि कृषि, फलफूल, पशुजन्य पदार्थका बिषेश जोड दिनु पर्ने क्षेत्रीको सुझाब छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङले जनता मंहगीको मारमा परेको देखाएको छ । त्यसको मुख्य कारणको रुपमा धेरै बस्तुको आयात प्रतिस्थापन गर्न नसक्नु हो । सरकारले अबका दिनमा मुल्यबृद्धिलाई रोक्नको लागि स्वेदशी उत्पादनलाई जोड दिई बढ्दो मुल्यबृद्धिलाई रोक्न पहन कदामी चाल्नु आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group