ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो चरणको निर्वाचनको मौन अवधी आज मध्यरातिबाट


sharan sharan
७ मंसिर २०७४, बिहिबार   ९ : ४८   बजे

काठमाण्डौ, ७ मंसिर ।
पहिलो चरणको प्रतिनिधि तथा प्रदेशुसभा निर्वाचनका लागि दलहरुले आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउनेछन् ।
पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आज मध्य रातिदेखि मौन अवधी सुरु हुंदैछ । राति १२ बजेपछि सुरु हुने मौन अवधिमा निर्वाचन नसकिसम्म राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार गर्न र संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनावको प्रचारप्रसार गर्न पाइने छैन ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । पहिलो चरणको चुनावको मौन अवधि लागू भइरहंदा दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने ४५ जिल्लामा भने चुनावी प्रचारप्रसार गर्न पाइनेछ । तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचार संहिता लाग्ने छ ।
आजदेखि मतदान केन्द्रको व्यवस्थापनको काम सुरु हुने प्रवक्ता ढकालले जानकारी दिनुभयो । पहिलो चरणको निर्वाचनका लागि झण्डै ४५ हजार कर्मचारी र ८० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको आयोगले जनाएको छ । चुनावका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन घेरामा सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते मतदान हुंदैछ । प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि हुने पहिलो चरणको चुनावमा ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदाता रहेको निर्वाचन अयोगले जनाएको छ ।
आउंदो आइतबार मतदान हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द भएका छन् । चुनावका लागि जिल्लाका सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस आजदेखि ४ दिन बन्द रहने सरकारले जनाएको छ । दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा आउंदो १८ देखि २१ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group