काठमाण्डौं, ७ मंसिर । जनकपुरमा आज सीताराम विवाह पञ्चमी महोत्सवम धुमधामसंग मनाईदै छ ।
सप्ताह व्यापरी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवमा भगवान राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएकोले अहिले समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयमवर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ । आज दिउँसो साधुशन्तको अगुवाईमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर बाह्रबिघा रंगभूमि मैदान पुगेर स्वयमवर हुने गर्दछ । राम र जानकीको डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी धुमधामका साथ राम जानकीको स्वयमवर गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्