ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके जिल्लामा हात्तिपाइले रोग निवारण कार्यक्रम प्रभावकारी भएन (भिडियोसहित)


एबीसी न्यूज
२० माघ २०७६, सोमबार   १२ : ०६   बजे


बाँके, २० माघ ।  पश्चिम तराईको बाँके जिल्लामा सरकारले लागु गरेको हात्तिपाइले रोग निवारण कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । जिल्लामा लगातार ९ औं पटक सरकारले हात्तिपाइले रोग निवारण गर्ने भन्दै औषधी खुवाइसकेको छ । तर त्यसको प्रभाव भने देखिएको छैन ।

जिल्लाका आधा भन्दा बढी जनसंख्याले नियमित रुपमा हात्तिपाइले रोग विरुद्धको औषधी प्रयोग गर्दैनन् । सबै मानिसहरुले लगातार ६ वर्षसम्म औषधी सेवन नगरिदिदा राष्टिय कार्यक्रम प्रभावित बन्दै गएको हो । आम मानिसहरुको हात्तिपाइले रोग विरुद्धको औषधीमा आकर्षण नदेखिदा ६ वर्षसम्म मात्र खुवाएर पुग्ने भएपनी अहिले दशौं पटक औषधी खुवाउनुपर्ने बाध्यता आइलागेको छ । हात्तिपाइले रोग निवारण कार्यक्रम बाँकेकी फोकल पर्सन दुर्गा गौतमले कार्यक्रम खासै प्रभावकारी हुन नसकेको बताइन् ।

नेपाल सरकारले सन् २०२० मा नेपालबाट हात्तिपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको थियो । शहरी क्षेत्रमा नै हात्तिपाइले रोग विरुद्धको औषधी सेवन गर्नेहरुको संख्या कमी भएसँगै चुनौती समेत थपिएको हो । यो कार्यक्रममा वार्षिक राज्यले करोडौं रकम खर्च गरेपनी अपेक्षाकृत सफलता पाउन नसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रदिप रिमाल बताउँछन् । आम मानिसहरुले अझै पनि हात्तिपाइले रोग विरुद्धको औषधीलाई स्वीकार गर्न नसक्दा बाँकेमा समस्या थपिएको उनले बताए ।

यसपटक जिल्लाका ६ लाख १ हजार ८ सय ७६ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधि खुलाउने लक्ष्य राखिएको छ । यसपटक स्थानीय सरकारलाई औषधी खुवाउन दिने गरी अपनत्व प्रदान गरिएको हात्तिपाइले रोग निवारण कार्यक्रम बाँकेकी फोकल पर्सन दुर्गा गौतमले बताइन् ।

जनचेतनाको कमीको कारण राष्ट्रिय अभियान बाँकेमा प्रभावित बन्दै आएको पाइन्छ । शहर केन्द्रीत बसोबास गर्नेहरु नै औषधिका बारेमा विभिन्न भ्रम पालेर बसेकाले यसलाई चिर्न सके औषधी सेवन दर बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार प्रयास जारी, सोमबार पनि ठोस उपलब्धि हुन सकेन

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकैदिन ६० करोडभन्दा बढी संकलन

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu