ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकैदिन ६० करोडभन्दा बढी संकलन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : ३५   बजे

काठमाडौं । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकैदिन ६० करोड २ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।

विभिन्न ८३ उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै सरकारलाई उक्त रकम उपलब्ध गराएका हुन्।

अर्थ मन्त्रालयका अनुसार सोमबार हस्तान्तरण भएका चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ। भदौ ११ गतेदेखि अर्थ मन्त्रालयमार्फत राहत तथा उद्धार कोषका लागि भौतिक रूपमा सहयोग रकम संकलन गर्न थालिएयता एकैदिन प्राप्त भएको यो सबैभन्दा ठूलो रकम हो।

यसअघि भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, तथा भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर सहयोग प्राप्त भएको थियो।

यससँगै चार दिनमा अर्थ मन्त्रालयमार्फत प्रधानमन्त्री राहत कोषमा कुल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ जम्मा भएको मन्त्रालयको तथ्यांक छ।

प्राप्त रकममध्ये ८० हजार रुपैयाँ नगद रहेको र बाँकी रकम ‘एकाउन्ट पेयी’ चेकमार्फत प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। यसबाहेक २ लाख अमेरिकी डलरको चेक समेत मन्त्रालयमा प्राप्त भएको छ।

सरकारले संकलित रकम रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा खर्च गर्ने जनाएको छ।

राहत कोषमा निजी क्षेत्रको बढ्दो सहयोग

भोटेकोशी बाढीबाट रसुवालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा उद्धारका लागि आर्थिक सहयोग जुटाउन आह्वान गरेको थियो। त्यसपछि उद्योगी, व्यवसायी, संघसंस्था तथा परोपकारी व्यक्तिहरूले सरकारको राहत कोषमा सहयोग गर्ने क्रम बढेको छ।

सोमबार मात्रै ६० करोडभन्दा बढी रकम संकलन हुनुले विपद्का बेला निजी क्षेत्र तथा सर्वसाधारणबाट सरकारको राहत अभियानमा उल्लेख्य सहयोग जुटिरहेको देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म बस्ने

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार प्रयास जारी, सोमबार पनि ठोस उपलब्धि हुन सकेन

सम्बन्धित

एनआरएनएद्वारा बाढीपीडितको राहतका लागि १ करोड रुपैयाँ सहयोग

बाढीको असर सेयर बजारमा : जलविद्युत् कम्पनी राताम्मे, नेप्से ४४ अंकले घट्यो

हिमालयन बैंकको अध्यक्षमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल

अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि सहयोग जुटाउँदै एनआरएनए, लाखौँ रकम संकलन

लगातार चौथो दिन घट्यो सुनको भाउ, ४ दिनमा १५ हजार ५ सयले सस्तियो

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको उद्धारदेखि पुनर्निर्माणसम्म ‘रियल टाइम अपडेट’ प्रणाली बनाउँदै ऊर्जा मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu