काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म काठमाडौंमा बस्ने भएको हो।
बैठकमा पार्टीको सांगठनिक अवस्था, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे आवश्यक निर्णयसमेत हुन सक्ने नेताहरूले बताएका छन्।
एमालेले बैठकमार्फत संगठनलाई थप प्रभावकारी बनाउने, समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण गर्ने तथा आगामी कार्यदिशा तय गर्ने तयारी गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्