ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो, ३ हजार ९२५ सम्पर्कविहीन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : ४५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९३९ पुगेको छ। अझै ३ हजार ९२५ जना सम्पर्कविहीनरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म नदी किनार तथा विभिन्न प्रभावित क्षेत्रमा ९३९ शव फेला परेका छन्। बाढीले बगाएर ल्याएका शव नदी किनारका विभिन्न स्थानमा फेला पर्ने क्रम जारी रहेको छ।

सबैभन्दा धेरै शव चितवनमा २७९ फेला परेका छन्। यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ शव फेला परेको प्राधिकरणले जनाएको छ।

जलविद्युत् आयोजनाका ६३९ जना सम्पर्कविहीन

बाढीपछि हालसम्म ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्यांक छ।

सम्पर्कविहीनमध्ये सबैभन्दा ठूलो संख्या रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको रहेको छ। ती आयोजनामा काम गर्ने ६३९ जना अझै सम्पर्कमा आउन नसकेको प्राधिकरणले जनाएको छ।

बाढीले रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका संरचना तथा सुरुङमा समेत ठूलो क्षति पुर्‍याएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विदेशी विशेषज्ञसहितको टोलीले सुरुङभित्र फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार जारी राखेको छ।

विशेषगरी माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, चिलिमे, रसुवागढी, लाङटाङ र माथिल्लो त्रिशूली–१ लगायतका आयोजनाका सुरुङमा उद्धार टोली परिचालन गरिएको छ। खोज तथा उद्धारसँगै प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचान र व्यवस्थापनको कामसमेत भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, भोटेकोसी बाढीबारे गराए ‘ब्रिफिङ’

सम्बन्धित

चिलिमे र अपर त्रिशूली–१ का टनेलमा तीन शव भेटिए

बाढीपीडितको उद्धारका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सुरु गर्‍यो

भूकम्पबाट जोगिन बेँसी झरे, ११ वर्षपछि त्यहीँ आयो बाढी : त्रिशूली किनारका बस्तीको दुःखान्त कथा

भोटेकोसीले बगाएको घर, सम्झनाका लागि एउटा ढुंगा : देवीघाटमा बाँचेका जीवनका कथा

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धारका लागि हेलिकप्टरबाट डोजर र एक्स्काभेटर लगिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu