काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
सोमबार भएको भेटमा लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी, त्यसबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतका गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।
लामिछानेले बाढी प्रभावित क्षेत्रमा सरकार तथा सुरक्षा निकायले गरिरहेको उद्धार, राहत र व्यवस्थापनका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ।
यसअघि सोमबार नै लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग समेत भेटवार्ता गरेका थिए। भेटमा उनले बाढीपछि सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कामबारे प्रधानमन्त्री शाहसँग जानकारी लिएका थिए।
प्रधानमन्त्रीसँग प्राप्त जानकारीपछि लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरी विपद्को पछिल्लो अवस्था र सरकारी प्रयासबारे जानकारी गराएकोबताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्