ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ५ को केन्द्र बुटवलमै हुनेछ : बिष्णु पौडेल


sharan sharan
७ मंसिर २०७४, बिहिबार   ९ : ३३   बजे

बुटवल, ७ मंसिर ।
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवललाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने ऐजेन्डा सहितको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार पौडेलले बुटवललाई विकासको नमूना सहर बनाउने योजना सहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन ।
विहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले पाँच नम्बर प्रदेशबाट पहाड र तराई अलग गराउने प्रयास सदाका लागि अन्त्य भएको भन्दै प्रादेशिक राजधानी बुटवलमै बनाउने गरि पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताए । पौडेलले बुटवलमा निर्माणधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल शिघ्र निर्माण गरि सञ्चालन गर्ने, बुटवल तिलोत्तमा र सैनामैना नगरपालिकामा बृहत कृषि हाटबजार निर्माण गर्ने, आधुनिक सञ्चारग्राम निर्माण गर्ने, कृषि र पर्यटनलाई बुटवलको विकाशसँग जोड्ने योजना रहेको बताए । जेष्ठ नागरिक तथा एकल महिलाको सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने समेत उनले बताए ।

एमाले उपमहासचिव समेत रहेका पौडेलले आफूले पहिल्यैदेखि अव्यस्थित र सुकुम्बासीहरुको समस्या समाधानका लागि काम गरेको भएपनि विचमा अवरोध भएकाले रोकिएको बताउँदै अब त्यसलाई स्थायी रुपमा समाधान गर्ने बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट संयुक्त प्रतिबद्धतापत्र १६ पृष्ठको रहेको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट वामगठबन्धनबाट प्रतिनिधिसभाका लागि पौडेल, २ को १ बाट लिला गिरी र २ को २ बाट भोजप्रसाद श्रेष्ठको उम्मेद्वारी रहेको छ ।
यसैगरि लोकतान्त्रिकबाट प्रतिनिधिसभा सदस्य युवराज गिरी, प्रदेशसभाका लागि १ बाट काजिमान श्रेष्ठ र २ बाट महेशमान सिंह चुनावी मैदानमा छन् । यहाँ १ लाख ५ हजार २ सय ६ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group