काठमाडौं । नेपाली इतिहासको पुर्नव्याख्या गर्ने बेला भएको इतिहासकारहरुले बताएका छन् । २००७ सालको क्रान्तिले नेपालमा नयां राजनीतिक प्रणाली शुरु भएपनि यथास्थितिवादका विरुद्ध २०७२ सालको संविधान बनेपछि मात्र प्रगतिशील धारको संवैधानिक इतिहासमाथि विमर्श शुरु भएको इतिहासकार प्राध्यापक दिनेशराज पन्त, डा. रमेश ढुंगेल र अर्थशास्त्री डा. विश्व पौडेलले बताएका छन् ।
कार्यक्रम आउटलुकका लागि एबीसी न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै इतिहासकारहरुले इतिहासबाट शिक्षा लिएर वर्तमानमा जनताको पक्षमा काम गर्नु पर्ने बताएका छन् । उनीहरुले पछिल्लो समयमा राजनीतिक क्रान्तिका हिसाबले प्रचण्डले ऐतिहासिक पहल गरेको बताएका छन् । इतिहासकारहरुको भनाईमा राष्ट्रियताको अडानका सन्दर्भमा केपी ओलीले नयां पहलकदमी लिएको घटनालाई प्रशंशा गरेका छन् । विस्तृतमा भिडियो वार्ता ।
प्रतिक्रिया दिनुहोस्