ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो चरणको ३२ जिल्लामा ७ बजेबाट मतदान


sharan sharan
१० मंसिर २०७४, आइतबार   ६ : १७   बजे

नागरिकमा भएको निर्वाचन हु“दैन कि भन्ने आशंकालाई चिर्दै अन्ततः मुलुकमा निर्वाचन हुने नै भएको छ । स्थानीय तहको निर्वाचन जसरी अशंकाहरुबीच सफलतापूर्ण सफल भयो त्यसरी नै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफल हुन सके नेपालमा अस्थिरताको सपना बुनेर बसेकाहरुलाई दरो जवाफ मात्र हुने छैन, संबिधानको सफल कार्यान्वयन पनि हुनेछ ।
बिभिन्न उतार चढाव र नागरिकमा भएको आशंकालाई चिर्दै अन्ततः निर्वाचन हुने निश्चित भएको छ । घटनाक्रमहरुले केहि आशंका जन्माए पनि निर्वाचन आयोगको सक्रियता र दलहरुको सजगताका कारण निर्वाचनको महासंग्रामको दोस्रो अभियानको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा जस्तै निर्वाचनका बिषयमा सडकमा देखिएको आशंकालाई झुटो साबित गर्दै प्रेदश र प्रतिनिधि सभाअन्तर्गत पहिलो चरणमा हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका आवश्यक निर्वाचन सामग्री व्यवस्थापन, सुरक्षा व्यवस्था लगायत सबै काम पूरा भएको जानकारी गराएको हो । निर्वाचन आयोगले कान्तिपथस्थित कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर मतदाताहरुलाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिंदै निर्वाचनमा सहभागी भई आफूले चाहेको उम्मेदवारलाई मताधिकार प्रयोग गर्न आग्रह आममतदातालाई गरे ।
आयोगले कुनै करणबश मतदाता आफ्नो परिचयपत्र प्राप्त गर्न नसकेको अवस्थामा वा हराएमा सरकारले जारी गरेको कुनै पनि सक्कली परिचय पत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाएको बताएको छ । आयोगका अनुसार पहिलो चरणमा आइतबार निर्वाचन हुने जिल्लाहरुमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले मतदान गर्ने छन् भने प्रतिनिधिसभाका लागि २ सय ८२ जना र प्रदेशसभाका लागि ४ सय २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजनीतिक दल, उम्मेदवार तथा आम संचारमाध्यमहरुलाई निर्वाचन आचार संहिताको परिधिभित्र रहि आ–आफ्नो जिम्मेवारी बहन गर्न सचेत समेत गराएका छन् ।
निर्वाचबाट बनेको स्थानीयतहलाई संस्थागत गर्न, पहिलो पटक हुन गइरहेको संघीय संरचनाको कार्यान्वयन गर्न र संबिधानलाई जनस्तरसम्म पु¥याउन पनि यो निर्वाचनले महत्वपूर्ण भुमिका पु¥याउने निश्चित छ । त्यसैले दलहरु मात्र नभै प्रेदेश र प्रतिनिधिसभाको निर्वाचन सफल बनाउन सम्पूर्ण वर्ग, तह र तप्काका नागरिक सक्रियताका साथ सहभागी हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group