ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्मीलाई हराउँदै आयोजक माइभ्याली फाइनलमा


admin
२२ फाल्गुन २०७६, बिहिबार   ९ : ०४   बजे

काठमाडौं, २२ फागुन ।  इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा माइभ्याली फुटबल क्लब त्रिभुवन आर्मीलाई सडन डेथमा ५–४ गोलले हराउँदै फाइनल प्रवेश गरेको छ । फाइनलमा आयोजकले लिग विजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार ठूलो टँुडिखेलमा भएको खेलमा निर्धारित समय र अतिरिक्त समय पनि खेल बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । योसँगै आयोजक पहिलोपटक फाइनल प्रवेश गरेको हो ।

आयोजक टिमका देव लिम्बू, एन्ड्रो थियर यिबाक, लीला क्षेत्री, पासाङ शेर्पाले गोल गर्दा शरण बस्नेतको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाएका थिए । विशाल तामाङको प्रहार बाहिरिएको थियो । यता आर्मीको तर्फबाट दीपक गुरुङ, दीप लामा, राजु आले, राजीव गुरुङ प्रहार गोल हँुदा सन्तोष तामाङ, ईश्वरी बानियाँ र भरत चौधरीको प्रहार गोल हुन सकेन । खेलको अतिरिक्त समयमा आर्मीका बिकेक बस्नेतले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि आर्मी १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ३३औँ मिनेटमा आर्मीका गोलकिपर विवश चौधरी बल नियन्त्रणका लागि अगाडि बढेका अवस्थामा माईभ्यालीका करण राईले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा आर्मीका सन्तोष तामाङले बराबरी गोल गरे । डिएरिया नजिक आयोजकका खेलाडीले आर्मीलाई ‘फाउल’ गरेपछि पाएको फ्रिकिकमा सन्तोषले गरेको प्रहार गोल भएको थियो ।

१७औँ मिनेटमा आर्मीका किपर बिट भइसकेको अवस्थामा आयोजकका विकास तामाङले गोल गर्न चुके । १८ मिनेटमा आर्मीका गोरकिपर विवश चौधरीले उत्कृष्ट पञ्च गरी गोल हुन बचाए । आजको खेलमा माईभ्यालीका गोलरक्षक देव लिम्बू म्यान अफ दि म्याच बने । उनले नगद १५ हजार प्राप्त गरे । लिग च्याम्पियन मच्छिन्द्रसहित ए डिभिजनका तीन क्लब त्रिभुवन आर्मी क्लब, सङ्कटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । फागुन २४ गतेसम्म चल्ने गोल्डकपको विजेताले रु आठ लाख र दोस्रो हुने टोलीले रु पाँच लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu