ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाका कारण नामिबियामा नेपालले खेल्ने सिरिज अन्योलमा


admin
६ चैत्र २०७६, बिहिबार   ५ : ४९   बजे

काठमाडौँ, ६ चैत  । अन्तरराष्ट्रिय क्रिकेट परिषद् आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले नामिबियामा खेल्ने सिरिजबारे अन्योल देखिएको छ । आइसिसीले यही चैत १९ देखि २६ गेतसम्म लिग दुई अन्तर्गतको पाँचौँ चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् ९युएई० र स्कटल्याण्ड बीचको सिरिज रद्द गरेपछि नेपालले खेल्ने छैटौँ चरणको नामिबिया सिरिजबारे द्विविधा उत्पन्न भएको हो ।

आइसिसीले नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आगामी वैशाख ८ देखि १५ गतेसम्म गर्ने तालिका सार्वजनिक गरेको थियो । आइसिसीले कोरोना भाइरसका कारण पाँचौँ चरणको सिरिज रद्द गरेपछि छैटौँ चरणको नामिबिया सिरिज पनि रद्द गर्ने सम्भावना बढेको छ । प्रतियोगिताबारे नामिबिया क्रिकेट सङ्घको आधिकारिक जवाफ प्राप्त नभएको नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । “हामी आइसिसीको आधिकारिक निर्णयको पर्खाईमा छौँ”, उहाँले भन्नुभयो । प्रतियोगिताका लागि क्यानले सञ्चालन गर्ने प्रशिक्षण पनि अन्योलमा छ ।

आइसिसी विश्वकप लिग दुई सन् २०२२ सम्म सञ्चालन हुनेछ । लिग दुईमा नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यू गिनी छन् । प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

नेपालले माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग दुईको पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो । उक्त सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने अमेरिकासितको दुवै खेल जितेको थियो । नेपालले हालसम्म खेलेको चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ ।

लिग दुईमा हालसम्म ओमान शीर्ष स्थानमा छ । ओमानले खेलेको १० खेलमा आठमा जित तथा दुईमा हारसँगै १६ अङ्क बटुलेको छ । लिगको दोस्रो स्थानमा अमेरिका रहेको छ । उसले १२ खेलमा छ मा जित तथा छ मा हारसँगै १२ अङ्क बनाएको छ । यस्तै स्कटल्याण्ड आठ खेलमा चारमा जित तथा तीनमा हारका तेस्रो स्थानमा छ ।

यसैगरी नामिबिया सात खेलमा चारमा जित तथा तीनमा हारका साथ चौथो स्थानमा छ । युएई सात खेलमा तीनमा जित तथा तीनमा हार ब्यहोर्दै लिगको पाँचौँ स्थानमा छ । नेपाल चार अङ्क बटुल्दै छैटौँ स्थानमा छ भने पपुवा न्यू गिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अङ्कबिहीन अवस्थामा छ । आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । आइसीसी लिग दुई सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group