सिन्धुपाल्चोक, १० मंसिर । लोकतान्त्रिक र वाम कार्यकर्तावीच विवाद चुलिएपछि झडप भएको छ । झडपले उग्ररुप लिनुभन्दा अगाडि प्रहरीले हवायफायर गरी स्थितिलाई नियन्त्रणमा लिएको छ ।
झडप हुँदा वडा सदस्य लक्ष्मण अधिकारी गम्भीर घाइते भएको र उपचारका लागि सिन्धु सदाबहार अस्पतालमा खाडीचौरमा लगिएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा १ बलेफी गाउँपालिकाको ८ तोप्कास्थित कालिदेवी निमावि बुथमा हवायरफायर भएको हो । सो गाउँ लोकतान्त्रिक गठवन्धनका उम्मेद्वार राजेन्द्र श्रेष्ठको आफ्नै गाउँ हो ।
लोकतान्त्रिकका दलबलले बुथ क्याप्चर गर्न लागेपछि झडप भएको वाम गठवन्धनको आरोप छ । त्यस्तै लोकतान्त्रिक गठवन्धनकै अर्का उम्मेद्वार विष्णु खत्रीको गाउँमा पनि हवाइफायर भएको छ ।
बाह्रविसे गाउँपालिकाको गातिमा हवायफायर भएको प्रहरीले जनाएको छ । प्रतिनिधिसभा १ का उम्मेद्वार मोहनबहादुर बस्नेत सो मतदान केन्द्रमा पुगेपछि वाम कार्यकर्ताले अवरोध गरेपछि झडप भएको र प्रहरीले हवायरफायर गरेको जानकारी दिएका छन् ।
यसअघि सोही प्रतिनिधिसभा, सुनकोसी गाउँपालिका, थुम्पाखरको देउराली प्रावीको मतदान केन्द्रमा झडप पनि वाम र लोकतान्त्रिक गठवन्धनबीच झडप हुँदा प्रहरीले हवायरफायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्