ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ नेपालीको निधन, रहेनन् अजयमान छोंचुँ


एबीसी न्यूज
२३ चैत्र २०७६, आइतबार   १० : २४   बजे

न्युयोर्क निवासी अजयमान छोंचुँको आज उपचारका क्रममा निधन भएको छ । छोंचुँको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

केहीदिनदेखि बिरामी अवस्थामा रहेका उनको अवस्था गम्भिर भएको थियो । आज उपचारकै क्रममा निधन भएको नेवा नख न्युयोर्कले जनाएको छ ।

नेवा नख न्युयोर्कले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधन हृदयघातबाट भएको जनाएको छ । छोंचुँको निधनप्रति दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदनमा व्यक्त गरिएको छ ।

केहीदिन अगाडि अर्जेन्ट केयरमा गएर चेकजाँच गर्दा ब्याक्टेरियल निमोनिया देखिएकोमा अर्जेन्ट केयरले अस्पतालमा जान सुझाव दिएको थियो । त्यसपछि छोंचुँलाई एल्महस्र्ट अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले एकदुईदिनमा नै डिस्चार्ज गर्ने बताएको थियो । तर अचानक हृदयघात भएका कारण आज दिउसो ४ बजेतिर अस्पतालमा नै निधन भएको जनाइएको छ ।
झण्डै दुईसाता अगाडि परीक्षण गर्दा छोंचुँ र उनकी श्रीमतिमा कोरोना नेगेटिभ देखिएको थियो ।

अस्पतालले फयुनेरल होम बुक गरेर जानकारी दिन भनेको छ । फ्युनरल होम बुक गरिसकेपछि फ्युनेलर होमले नै अस्पतालबाट शव लगेर दाहसंस्कार गर्ने भएकाले दाहसंस्कारमा परिवारका सदस्यहरु उपस्थीत हुने नहुनेमा अन्यौल उत्पन्न भएको छ ।

छोँचुँ न्युयोर्कको क्वीन्स ग्रयाण्ड एभिन्युमा श्रीमतिसँगै बस्दै आएका थिए । उनका छोराबुहारी पनि न्युयोर्कमा नै बस्दै आएका छन् ।

न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ जना नेपालीको निधन भइसकेको छ । गत मार्च २४ मा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको थियो ।

आजमात्रै न्युयोर्कमा बस्दै आएका मुस्ताङका दुईजना नेपालीको निधन भएको खबर सार्वजनिक भएको थियो ।

झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

विष्टको हिजो विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

मुस्तांग किदुगको पूर्व अध्यक्ष नोर्बु बिष्टका अनुशार सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । कहिले राम्रो हुने कहिले स्थीति एकदम नराम्रो हुने गरेकोमा अस्ती बेलुका खाना समेत खान नसकेको जनाइएको छ ।

सीटीएमडीले घरमै बस्न भनेपछि बिष्ट माउन्ट साइनाई अस्पतालमा समेत गएका थिए । अस्पतालले एक्सरे गरेपछि फोक्सोमा समस्या रहेको बताएको थियो । तर अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केहीदिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै बिष्टको निधन भएको छ । बिष्ट मुस्ताङका राजाका समेत नजिकका आफन्त हुन् ।

बिष्ट ४८ बर्षका थिए । बिष्टका दुईवटा छोरा र श्रीमति काठमाडौंमा बस्दै आएका छन् । बिष्ट २० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए भने र अमेरिका आएदेखि नै कागजपत्र नभएका नेपाल फर्कन सकेका थिएनन् । छेपक दोर्जे गुरुङले भने – ‘कागजपत्र नभएका कारण सधैका लागि नेपाल जाने बताउँदै थिए । दुईसाता अगाडिमात्र मेरो भेटघाट भएको थियो । परिवारलाई भेट्नै नपाई बिते ।’

बिष्टको मृत्यु कोरोनाले भएको हो वा अन्य कारणले भन्ने थप रिपोर्ट आउन बाँकी छ । केहीदिनपछिमात्र शव समुदायले दाहसंस्कार गर्ने वा अस्पतालले गर्नेभन्नेबारे टुंगो लाग्ने राजकुमार बिष्टले जनाएका छन् । उनले यो घडीमा संयम रहन सबैलाई अनुरोध गरेका छन् ।

यसैबीच मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

सरकारका दुई महिना : सय कार्यसूचीका अधिकांश काम कागजमा मात्र, कार्यान्वयन शून्यप्राय !

आन्दोलन कि हुलदंगा? १७ सांसदको भूमिकामाथि प्रश्न, सेनाको असहयोगमाथि आयोगको आक्रोश

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

अमेरिकी उच्च कूटनीतिज्ञ समिर पल कपुर सोमबार काठमाडौं आउँदै, तीन दिन काठमाडौंमा रहने

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group