ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १० : २५   बजे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भोग्दै आएको जलवायुजन्य विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्ने समय आएको बताएका छन् ।

सोमबार फेसबुकमार्फत विपद् व्यवस्थापनसम्बन्धी पछिल्लो अवस्थाबारे ब्रिफिङ सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण जोखिम बढ्दै गएको बताएका हुन् ।

‘यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपरेको जोखिम बढ्दै गएको संकेत गरेको छ । अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नुपरेका विपद्को विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आएको छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीलाई हिमालय क्षेत्रकै ठूलो विपत्तिका रूपमा उल्लेख गरेका छन् । यस विपत्तिले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसबाट नेपालले बेहोर्नुपरेको मानवीय तथा भौतिक क्षतिलाई पुनः अन्तर्राष्ट्रिय बहसको विषय बनाएको छ ।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमतालको जोखिम बढ्ने तथा बाढी–पहिरोजस्ता विपद्को जोखिम बढ्दै गएको भन्दै लामो समयदेखि जलवायु न्यायको मुद्दा उठाउँदै आएको छ ।

भोटेकोशी बाढीपछि उद्धार, खोज तथा राहतसँगै अब पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको छ । सरकारले विपद् व्यवस्थापनमा पूर्वसूचना प्रणाली, जोखिमयुक्त बस्तीको पहिचान तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई प्राथमिकतामा राख्ने नीति अघि सारेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

हिमाली बाढीको जोखिम बढ्दो, पूर्वसूचना प्रणाली अझै कमजोर

विष्णुमती नदीको जलसतह खतरा तह नजिक, उच्च सतर्कता अपनाउन आग्रह

बाढी प्रभावित क्षेत्रको प्रारम्भिक पुनर्स्थापना २१ दिनभित्र अघि बढाइने

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

रसुवा, नुवाकोटसहितका जिल्लामा वर्षा जारी, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

‘भोटेकोशी बाढी होइन, हिमाली सुनामी हो’ : विश्व मञ्चमा नेपालले मुद्दा उठाउन विज्ञको सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu