ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमाली बाढीको जोखिम बढ्दो, पूर्वसूचना प्रणाली अझै कमजोर


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १० : २५   बजे

काठमाडौं । हिमाली क्षेत्रमा आउने आकस्मिक बाढी नेपालका लागि नयाँ घटना होइन । तर बाढी आउनुअघि जोखिमको संकेत पहिचान गर्ने, सम्भावित क्षतिको आँकलन गर्ने र तल्लो तटीय क्षेत्रका बासिन्दालाई समयमै सूचना दिने प्रणाली भने अझै प्रभावकारी बन्न सकेको छैन ।

जलवायु विज्ञ ङमिन्द्र दाहालका अनुसार प्राकृतिक प्रकोप रोक्न नसकिए पनि त्यसलाई विपद्मा परिणत हुनबाट रोक्न सकिन्छ । त्यसका लागि प्राकृतिक घटनाको कारण, स्थान, आवृत्ति र प्रभावबारे वैज्ञानिक अध्ययन आवश्यक रहेको उहाँको भनाइ छ ।

“प्रकोपलाई हामी केही गर्न सक्दैनौँ, विपद् हुन दिनु हुँदैन,” दाहालले भन्नुभयो ।

उहाँका अनुसार मानवीय गतिविधि र अव्यवस्थित विकासले प्राकृतिक प्रकोपको जोखिम झन् बढाएको छ । पहाडी क्षेत्रमा जथाभावी संरचना निर्माण, नदीको प्राकृतिक बहावमा हस्तक्षेप तथा भू–भागमा अत्यधिक मानवीय गतिविधिले जोखिम बढाएको उहाँले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण हिमालय तीव्र गतिमा तात्दै जाँदा नेपालले त्यसको ठूलो असर भोगिरहेको दाहालको भनाइ छ । त्यसैले जलवायु अनुकूलनका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुका साथै जोखिम न्यूनीकरणमा लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो ।

यसपटक रसुवाको भोटेकोशीमा आएको बाढी भने यसअघिको अनुमानभन्दा फरक प्रकृतिको रहेको उहाँको विश्लेषण छ । हिमनदीमा पहिरो खस्दा हिमताल बन्ने अवस्थासमेत नआएको र हिउँ, ढुंगा, माटो तथा पानी एकैपटक तल्लो क्षेत्रमा बग्दा ठूलो क्षति भएको उहाँले बताउनुभयो ।

“विकासको नाममा हामी चुकेका छौँ । नदीलाई आर्थिक गतिविधि केन्द्रित बनाउँदै लगियो,” दाहालले भन्नुभयो ।

उहाँले हिमताल तथा हिमनदीजन्य जोखिमको पहिचान, निगरानी, पूर्वसूचना र विपद् व्यवस्थापनमा राज्यका सम्बन्धित निकायको संस्थागत क्षमता कति प्रभावकारी छ भन्ने विषयमा गम्भीर अध्ययन आवश्यक रहेको बताउनुभयो ।

नदीको पानी मात्र हेरेर पुग्दैन

पूर्वसूचना प्रणाली र अनुसन्धानमा कार्यरत विज्ञ दीनानाथ भण्डारीका अनुसार हिमनदीमा पहिरो खस्दा नदीको बहाव अस्वाभाविक रूपमा तीव्र हुन सक्छ । पहिरोसँगै हिउँ, ढुंगा र माटो मिसिँदा त्यसको प्रभाव तल्लो क्षेत्रमा पुग्दै जाँदा अझ बढ्न सक्छ ।

“थोरै मात्र खसेको भए पनि तल आउँदैगर्दा त्यसको प्रभाव बढ्दै जान्छ,” भण्डारीले भन्नुभयो ।

वर्षायाममा नदीमा पहिल्यै पानीको बहाव बढी हुने भएकाले हिमनदीबाट आएको हिउँ, पहिरो, ढुंगा, माटो र पानी मिसिँदा बाढीको विनाशकारी क्षमता अझ बढ्ने उहाँको भनाइ छ ।

भण्डारीका अनुसार यस्तो घटनाको पूर्वसंकेत पहिचान गर्न दुर्गम हिमाली क्षेत्रमा निरन्तर निगरानी र वास्तविक समयको तथ्याङ्क आवश्यक हुन्छ । त्यसका लागि जोखिमयुक्त नदी तथा खोलामा निगरानी क्यामेरा, नदीको सतह र बहाव मापन गर्ने उपकरण तथा आवश्यकताअनुसार भाइब्रेसन मापन गर्ने प्रविधि प्रयोग गर्न सकिन्छ ।

“क्यामेराहरू भएको भए नदीको बहाव र सतह निगरानी गर्न सकिन्थ्यो,” उहाँले भन्नुभयो ।

तर नेपालका दुर्गम तथा जोखिमयुक्त हिमाली क्षेत्रमा यस्ता प्रविधिको प्रयोग अझै सीमित रहेको उहाँले बताउनुभयो । यही कारण कतिपय अवस्थामा घटना भइसकेपछि मात्रै त्यसबारे जानकारी हुने अवस्था रहेको उहाँको भनाइ छ ।

पूर्वसूचनामा लगानी अपर्याप्त

भण्डारीका अनुसार हिमाली क्षेत्रबाट आउने आकस्मिक बाढीको पूर्वानुमान तथा पूर्वसूचना प्रणालीको प्रमुख कमजोरी नै पर्याप्त निगरानीको अभाव हो ।

“मोनिटरिङ र सर्भिलेन्स खर्चिलो काम हो । यसको महत्व बुझिएको छैन,” उहाँले भन्नुभयो ।

जोखिमयुक्त नदी प्रणालीको नियमित निगरानी, तथ्याङ्क संकलन र विश्लेषणका लागि पर्याप्त लगानी आवश्यक भए पनि विपद् न्यूनीकरणको पूर्वतयारीमा अपेक्षाकृत कम प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

प्रभावकारी पूर्वसूचना भनेको बाढी आइसकेपछि सन्देश पठाउनु मात्र नभई सम्भावित जोखिमको पहिचान, बाढीको गति र प्रभावको अनुमान तथा जोखिममा रहेका मानिसलाई पर्याप्त समयअघि सुरक्षित स्थानमा जान सक्ने गरी सूचना दिनु भएको उहाँले स्पष्ट पार्नुभयो ।

हिमतालको पानी मात्र हेरेर जोखिम आँकलन नहुने

हिमाली क्षेत्रमा बाढीको जोखिम मूल्याङ्कन गर्दा हिमतालमा कति पानी छ भन्ने विषयमा मात्र केन्द्रित हुनु पर्याप्त नहुने भण्डारी बताउनुहुन्छ ।

हिमनदीको अवस्था, हिउँको मात्रा, पहिरोको सम्भावना, भूगर्भीय अवस्था, भू–उपयोग, वर्षा तथा नदीको बहावलाई एकीकृत रूपमा अध्ययन गर्नुपर्ने उहाँको सुझाव छ ।

“हिमताल तथा हिमनदीको जोखिम मूल्याङ्कनमा पानीको मात्रा, बर्खा र हिउँदको अवस्था साथै पहिरो, भूगर्भ र भू–उपयोग पनि हेर्नुपर्छ,” उहाँले भन्नुभयो ।

हिमनदीमुनिको माटो वा चट्टानको अवस्था, हिउँको मात्रा र पहिरो नदीमा मिसिँदा हुन सक्ने प्रभावबारे मिहिन अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो ।

चीन–नेपाल–भारतबीच तथ्याङ्क आदान–प्रदान आवश्यक

हिमाली नदी तथा हिमनदीबाट उत्पन्न हुने जोखिम सीमाभित्र मात्र सीमित नहुने भएकाले नेपालले छिमेकी मुलुकसँग वास्तविक समयको तथ्याङ्क तथा पूर्वसूचना आदान–प्रदानलाई प्राथमिकता दिनुपर्ने भण्डारीको सुझाव छ ।

विशेषगरी चीनको भूभागबाट उत्पत्ति हुने नदी प्रणालीमा माथिल्लो क्षेत्रमा हुने घटनाको प्रभाव नेपाल हुँदै भारतसम्म पुग्न सक्ने भएकाले तीन देशबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

“चीन, नेपाल र भारतबीच सहकार्य हुनुपर्छ । तथ्याङ्क र स्याटलाइट तथ्याङ्क सेयर गर्नुपर्छ र त्यसलाई उपयोग गर्नुपर्छ,” भण्डारीले भन्नुभयो ।

बाढी आएपछि पठाइएको सूचना पूर्वसूचना होइन

नेपालको पूर्वसूचना प्रणालीमा अर्को समस्या सूचना प्रवाहको समय रहेको विज्ञ भण्डारीको भनाइ छ । बाढी आउनुअघि जोखिममा रहेका मानिससम्म चेतावनी पुग्नुपर्ने भए पनि कतिपय अवस्थामा बाढी आइसकेपछि मात्रै सूचना पठाउने गरिएको उहाँले बताउनुभयो ।

त्रिशूली क्षेत्रको उदाहरण दिँदै उहाँले बाढी आइसकेपछि पठाइएको चेतावनीलाई प्रभावकारी पूर्वसूचना मान्न नसकिने बताउनुभयो ।

भोटेकोशीको पछिल्लो घटनाले नेपालमा बाढी पूर्वसूचना प्रणालीलाई नदीको पानीको सतह मापनमा मात्र सीमित राख्न नहुने देखाएको छ । हिमाली क्षेत्रमा पहिरो, हिमनदी, हिउँको मात्रा, भूगर्भीय अवस्था, नदीको बहाव र मौसमलाई एकीकृत रूपमा निगरानी गर्ने प्रणाली आवश्यक देखिएको छ ।

जोखिमयुक्त क्षेत्रमा सर्भिलेन्स क्यामेरा तथा सेन्सर स्थापना, वास्तविक समयको नदी बहाव र सतह मापन, स्याटलाइट तथ्याङ्कको उपयोग, नियमित जोखिम मूल्याङ्कन तथा चीन र भारतसँग तथ्याङ्क आदान–प्रदानलाई संस्थागत गर्न सके हिमाली बाढीबाट हुने क्षति न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्न सक्ने विज्ञहरूको निष्कर्ष छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

विष्णुमती नदीको जलसतह खतरा तह नजिक, उच्च सतर्कता अपनाउन आग्रह

बाढी प्रभावित क्षेत्रको प्रारम्भिक पुनर्स्थापना २१ दिनभित्र अघि बढाइने

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

रसुवा, नुवाकोटसहितका जिल्लामा वर्षा जारी, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

‘भोटेकोशी बाढी होइन, हिमाली सुनामी हो’ : विश्व मञ्चमा नेपालले मुद्दा उठाउन विज्ञको सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu