ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावित क्षेत्रको प्रारम्भिक पुनर्स्थापना २१ दिनभित्र अघि बढाइने


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १० : २५   बजे

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रको प्रारम्भिक पुनर्स्थापनाको काम २१ दिनभित्र अघि बढाउने भएको छ ।

प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन पूर्वाधार विकास मन्त्रालयले कार्यदल गठन गरेको छ । कार्यदलले प्रभावित जिल्लामा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्दै २१ दिनभित्रै प्रारम्भिक पुनर्स्थापनाको काम अघि बढाउने मन्त्रालयले जनाएको छ ।

कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुंगे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार र स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्नेछ । सम्बन्धित सरोकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी कामको नियमित अनुगमन तथा रिपोर्टिङसमेत गर्नेछ ।

त्यस्तै, विपद्बाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक र वस्तुगत मूल्यांकन गरी तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनर्स्थापना तथा सेवाको पहिचान गर्ने कार्यदलको जिम्मेवारी तोकिएको छ ।

प्रभावित क्षेत्र, संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्ने पनि कार्यदलको जिम्मेवारी हुनेछ ।

कार्यदलले पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गर्नेछ । संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय र सहजीकरण गर्ने कामसमेत कार्यदलले गर्नेछ ।

पुनर्निर्माणका क्रममा भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढी, पहिरो तथा अन्य विपद् जोखिमलाई समेत ध्यानमा राखिने मन्त्रालयले जनाएको छ । दोहोरो लगानी, स्रोतको दुरुपयोग तथा एउटै प्रकृतिका काम दोहोरिन नदिन एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गरिनेछ ।

कार्यदलले आवश्यक नीतिगत, कानुनी, प्रशासनिक तथा बजेटसम्बन्धी निर्णयका लागि सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष सिफारिस गर्नेछ । कार्यप्रगति, देखिएका समस्या र समाधानका उपायसहित नियमित प्रतिवेदनसमेत पेस गर्नेछ ।

यस्तै, कार्यदलले आफ्नो कार्यक्षेत्रभित्रका कामको अनुगमन, मूल्यांकन तथा गुणस्तर सुनिश्चित गर्नेछ । विपद् पुनर्स्थापनाका क्रममा प्राप्त अनुभव र तथ्यका आधारमा भविष्यमा हुने विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझावसमेत दिने मन्त्रालयले जनाएको छ ।

कार्यदलले सम्बन्धित सबै निकायबीच समन्वय गर्दै प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना तथा नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अघि बढाउनेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

हिमाली बाढीको जोखिम बढ्दो, पूर्वसूचना प्रणाली अझै कमजोर

विष्णुमती नदीको जलसतह खतरा तह नजिक, उच्च सतर्कता अपनाउन आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

रसुवा, नुवाकोटसहितका जिल्लामा वर्षा जारी, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

‘भोटेकोशी बाढी होइन, हिमाली सुनामी हो’ : विश्व मञ्चमा नेपालले मुद्दा उठाउन विज्ञको सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu