बुटवल, ६ बैशाख । प्रदेश नम्बर ५ मा आईसोलेसनमा मृत्यु हुनेको संख्या २ जना पुगेको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशन वार्डमा उपचारको लागि भर्ना भएका एकजनाको आज मृत्यु भएपछि आइसोलेसनमा मृत्यु हुनेको संख्या २ पुगेको हो । बर्दिया गुलरियाबाट उपचारका लागि मेडिकल कलेजमा भर्ना भएका ईसराईल बेहनाको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृतक इसरायल दुईदिन अघि उपचारको लागि अस्पताल भर्ना भएका थिए । उनी पहिलेदेखि नै दम रोगबाट पिडीत भएको अस्पतालले जनाएको छ । मृतक इसरायललाई कोरोनाको लक्षणसंग मिल्ने गरि खोकि र ज्वरो आएपछि अस्पताल ल्याईएको थियो । बिरामीको समयमा स्वाब परिक्षण नगरिएको मृतकका परिवारले बताएकाछन् । स्वास्थ्य कार्यालय बांकेका प्रमुख धिरजङ्ग शाहले निमोनीयका कारण मृत्यु भएको आफुले जानकारी पाएको बताउंदै स्वाव परिक्षणका लागि अस्पतालले नपठाएको बताउनु भयो । उहांले अस्पतालहरुले पठाएको स्वावलाई स्वास्थ्य कार्यालयले धिला नगरि परिक्षण गर्न बुटवल पठाउने ब्यवस्था गरिएको जानकारी दिनु भयो ।
यस अघि बुटवल स्थित कोरोना बिशेष अस्पतालको आईसोलेसनमा भर्ना भएका सैनामैनाका बाबुराम थापाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्