ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिकहरु खोज्दै घर पठाउंदै स्थानीय सरकार


sharan sharan
७ बैशाख २०७७, आइतबार   ९ : ०८   बजे

बुटवल, ६ बैशाख । लकडाउन लम्बिंदै जांदा बेखर्ची भएका श्रमिकहरुलाई लकडाउन कै बिचमा स्थानीय तहले घर फर्काउन थालेका छन् । उद्योग कल कारखाना बन्द हुनुका साथै ठेकेदार कम्पनीहरुले पनि दैनिक ज्यालादारी मजदुरहरुको बेवास्ता गरेपछि कामका लागि शहर पसेका श्रमिकहरुको बिचल्ली भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रको बिभिन्न स्थानमा निर्माण कार्यमा कार्यरत करिब दुईसय श्रमिकलाई उद्दार गरी आज घर घर पठाएको छ । लकडाउनका कारण बेखर्ची भएका मजदुरलाई नगरपालिकाले नै गाडीको व्यवस्था गरी घर पठाएको तिलोत्तमा नगरपालिकाले जनाएको छ । बर्दिया, दाङ, कैलाली लगायत पश्चिम क्षेत्रका मजदुरहरुलाई आइतबार बेलुका ६ बजे चारवटा बसको व्यवस्था गरी घरतर्फ पठाइएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।
घरजान पाएकोमा दङ्ग परेका श्रमिकका बालबालिकाहरु खुसीहुंदै बस चढेका थिए । तिलोत्तमा नगरपालिकाले बर्दियाका १२ जना बच्चासहित ५७ जना, दाङका ११ बच्चासहित ६४ जनालाई तथा कैलालीका ६१ जनालाई आज घर पठाइएको नगरप्रमुख घिमिरेले जानकारी दिनुभयो । गुल्मी, पाल्पा र अर्घाखांचीको स्थानीय प्रशासनसंग आफूले समन्वयको प्रयास गरिरहेको बताउंदै छिटै त्यस तर्फ पनि श्रमिकहरु पठाउने तयारी नगरपालिकाले गरिरहेको नगर प्रमुख घिमीरेले बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका वडाध्यक्षहरुले संकलन गरेको विवरणका आधारमा करिव दुईसय श्रमिकलाई उद्दार गरी सुरक्षित रुपमा घरतर्फ पठाइएको नगरप्रमुख घिमिरेको भनाइ छ ।
प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डका बिच अलपत्र परेका श्रमिकहरुलाई घर पठाउने बिषयमा शनीबार छलफल भएसंगै देशभरका स्थानीय निकायहरुले हिंड्दाहिंड्दै सडकमा भोकै भएका तथा काम बन्द भएर बेरोजगार भएका श्रमिकहरुलाई घर पठाउने अभियान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group