ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारपाक सुलिकोट गाउँपालीकाले श्रम गर्ने हरूलाई मात्र राहत दिने


एबीसी न्यूज
३० बैशाख २०७७, मंगलबार   ११ : ४६   बजे


काठमाडौं, ३० बैशाख । लकडाउनका कारण श्रमिकलाई जीवन निर्बाह गर्न समस्या भएको भन्दै देशभर राहत वितरण भइरहेका बेला गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले काम गर्नेलाई मात्र राहत दिने थिति बसालेको छ । श्रम गरेर जीवन निर्वाह गर्ने र परनिर्भरता घटाउने उद्देश्यले ‘काममा आधारित राहत’ कार्यक्रम लागु गरेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

गाउँपालिकाको गत बैशाख २४ गते सम्पन्न गाउँ कार्यपालिकाको बैठकले ‘काममा आधारित राहत’ कार्यक्रमको कार्यविधि अनुमोदन गरी लागु गरेको अध्यक्ष भट्टले बताए । ‘राहत पाइन्छ भनेपछि गाउँलेमा श्रम नगर्ने, मागेर पाइन्छ भन्ने बानीको विकास हुने भएकाले श्रम गर्नेलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याएका हौं’, अध्यक्ष भट्टले भने, ‘नाला बनाउने, नाला सफा गर्ने, सिँडी बनाउने, कुलो बनाउने काम गर्नेछन् । प्रतिघण्टा एकसय रुपैयाँका दरले दैनिक आठ घण्टा काम गर्नेलाई आठसय रुपैयाँका दरले राहत दिनेछौं ।’ कम समय काम गर्नेलाई कम र बढि समय काम गर्नेलाई बढि ज्याला दिने भएपछि उनीहरुमा काम गर्ने बानीको विकास हुने उनले विश्वास ब्यक्त गरे ।

काममा आधारित राहत कार्यक्रमका लागि गाउँपालिकाले हाल प्रत्येक वडालाई तीनलाख रुपैयाँका दरले २४ लाख रुपैयाँ बिनियोजन गरेको छ । कार्यक्रम उत्साहवद्र्धक भएमा बजेट थप पनि गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयनको जिम्मा वडा अध्यक्षहरुलाई दिएको गाउँपालिकाले जनाएको छ । ‘के काम गर्ने भनेर कामको योजना बनाउने, कामदार छनौट गर्ने, कामको मूल्याङ्कन गर्ने, कामदारको निगरानी गर्ने, भुक्तानी गर्ने सबै जिम्मा वडा कार्यालाई दिने निर्णय भएको छ’, भण्डारीले भने, ‘श्रमिक छनौट गर्दा पहिलो चरणमा राहत पाएकाहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने, वडा अध्यक्षले एउटा समूहमा पाँच जना मात्र रहने गरी समूह बिभाजन गरी काम लगाउनु पर्नेलगायतका व्यवस्था कार्यविधिमा छ ।’ पहिलो चरणमा गाउँपालिकाभरिमा छसय ३५ जनाले राहत पाएका थिए । यसमा थपघट हुनसक्ने उनले बताए ।

अहिले वडा नं. ६ को डाँडागाउँमा भेल कटाउने काम सुरु भइसकेको गाउँपालिकाले जनाएको छ । त्यस्तै वडा नं। ५ को लाकुरीबोटमा सिँडी बनाउने काम पनि सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

गाउँपालिकाले उपभोक्ता समितिमार्फत गरिने काममा मेसिनको प्रयोगलाई निरुत्साहन गर्ने र धेरै ज्याला दिएर पनि मान्छे नै प्रयोग गरी काम गर्ने नियम लागु गरेको अध्यक्ष भट्टले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group