कपिलवस्तु, ३० बैशाख । कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी भएको खुलेको छ । कपिलवस्तुमा मंगलबार भेटिएका ८ कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी भएको खुलेको हो । स्वास्थ्य मन्त्रालयको कोरोना रिपोर्टमा कपिलवस्तुकी एक २५ वर्षीया युवती कोरोना संक्रमित भनिएको छ । ती कोरोना संक्रमित युवती कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको स्रोतले जनाएको छ । अस्पतालकी नर्समा कोरोना संक्रमण भएको नेपालमा पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्