ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभ्यासमा ट्याकल गर्न प्रतिबन्ध


एबीसी न्यूज
३१ बैशाख २०७७, बुधबार   १ : ३८   बजे

एजेन्सी । प्रिमियर लिगका क्लब सोमबारबाट अभ्यास थाल्दैछन् । लिग सुरु गर्नुअघि पहिलो चरणको अभ्यास सोमबारबाट सुरु गर्ने क्लबहरुको तयारी छ । कोरोनाका महामारीबीच सुरु हुन लागेको अभ्यास सत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाईने भएको छ ।

केही यस्ता नियम छन्, जसलाई खेलाडी तथा क्लबले कडाईका साथ पालना गर्नुपर्नेछ ।

मुख्य रुपमा अभ्यासका दौरान खेलाडीले ट्याकल गर्न पाउने छैनन्, खेल अघि मैदान पूर्ण रुपमा किटाणु रहित तरिकाले सफा गरिनेछ, समूहमा ५ भन्दा धेरै खेलाडी जम्मा हुन पाउने नियम बनाईएको छ ।

पहिलो चरणको अभ्यास सत्र अघि खेलाडी तथा क्लबले पालना गर्नुपर्ने नियम तय गरिएको हो ।

लिग अधिकारीले सम्पूर्ण नियम खेलाडी तथा प्रशिक्षकलाई दिएका छन् । र अभ्यासका दौरान नियमको कडाईका साथ अनुगमन गरिने बताईएको छ ।

सबै सत्र अघि र पछि कर्नरको झण्डा, बल, क्वाईन, गोल पोस्ट र खेलाडी पुग्ने क्षेत्रलाई किटाणु रहित तरिकाले सफा गरिनेछ ।

लिगका प्रशिक्षकहरुले सोमबारबाट अभ्यास सत्र सुरु हुने अपेक्षा गरेका छन् । अभ्यास सत्र मात्र ७५ मिनेटको रहनेछ ।

यस्तै, अभ्यास सत्रका लागि तयार गरिएको परिपत्रमा साप्ताहिक रुपमा दुई पटक स्वास्थ्य परिक्षण र दैनिक प्रशिक्षण अघि प्रश्नावली र खेलाडीको तापक्रमको जाँच गरिनेछ ।

नियमका अनुसार खेलाडीले प्रशिक्षणको दौरान आफ्ना गाडी सेयर गर्ने छैनन् । र गाडीलाई दैनिक रुपमा सफा गर्नुपर्नेछ । प्रशिक्षणको दौरान सार्वजनीक गाडी र टिम सहितको गाडी उपयोग गर्न रोक लगाईएको छ ।

बुधबार खेलाडी, प्रिमियर लिग, मेडिकल स्टाफ र खेलाडी संघका अधिकारीको संयुक्त बैठक बस्दैछ । बेलायत सरकार ईङ्लिस फुटबल सुरु गर्ने बिषयमा सकारात्मक देखिएको छ ।

प्रिमियर लिगले समेत घरेलु क्लब फुटबललाई अघि बढाउन आन्तरिक गृहकार्यलाई अन्तिम चरणमा पुर्याएको छ । सोही अनुसार क्लबहरुको पहिलो चरणको प्रशिक्षण सुरु हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu