ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाको एक जर्नेललाई कोरोना पुष्टि, मध्य पृतना नै सिल


एबीसी न्यूज
४ जेष्ठ २०७७, आइतबार   १२ : ०७   बजे

काठमाडौँ, ४ जेठ ।  महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सिल गरिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण लगभग २ हजार सेना रहेको सो पृतनालाई सिल गरिएको हो । पृतनापति सहायकरथीमा कोरोना देखिएपछि उनी उपचारका लागि हिजै काठमाडौं पुगेका छन् । उनको एपीएफ कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको थियो । सो ब्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गण लगायत पृतना लगाएर दुई हजारको संख्यामा सेना छन् । त्यहाँ सेनाहरुमा संक्रमण बढ्न नदिनका लागि सेनाहरुलाई आवत जावतमा रोक लगाइनुका साथै सामाजिक दुरी कायम राख्नका लागि भनिएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीका अनुसार, उनीहरु दुवैजनालाई उपचारका लागि काठमाडौँ पठाइसकिएको छ ।

प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘दुवै जना प्रदेश दुईको विभिन्न स्थानमा गएर स्वाब संकलन गर्दै आइरहेका थिए ।’ पृतनापति र चिकित्सक जनकपुरधाम, वीरजञ्ज लगायतको स्थानमा स्वाब संकलनका लागि पुगेको खत्रीले बताए ।

अहिले कन्टाक्ट ट्रेसिंगको काम भइरहेको छ । प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार सो पृृतनाभित्र अस्पताल, विद्यालय लगायतका संरचनाको निर्माण कार्य चलिरहेको थियो । सेनाको पृतनापतिमै कोरोनाको संक्रमणपछि ब्यारेक भित्र रहेका सेनामा त्रासको स्थिति छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group