काठमाडौं, ४ जेठ । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको छन् । पक्राउ पर्नेमा चन्द्रागिरि उत्तम कार्की रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए । उनीहरुले प्रहरीकै अगाडि कार्कीको खनतलासी पनि लिएका थिए । वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई तत्काल पक्राउ गरेर कारबाही गर्न सामाजिक विकास मन्त्रालयले माग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्