ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले दियो ३० हजार व्यक्तिलाई जाँच्‍न पुग्‍ने पीसीआर किट


एबीसी न्यूज
४ जेष्ठ २०७७, आइतबार   २ : १४   बजे

काठमाडौं, ४ जेठ ।  भारतले नेपाललाई ३० हजार व्यक्तिको स्वास्थ्य जाँच गर्न पुग्ने कोभिड–१९ पीसीआर टेस्ट किट सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई माइल्याबले उत्पादन गरेका ती किट हस्तान्तरण गर्नुभएको हो ।

भारतीय दूतावासका अनुसार आइतबार बिहान मन्त्रालयमै पुगेर राजदूत क्वात्राले मन्त्री ढकाललाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।  दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतीय जनताका तर्फबाट नेपाली जनताका लागि उपहारस्वरूप प्रदान गरिएका टेस्ट किटको सहयोगले नेपालका स्वास्थ्यकर्मीले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन् ।’

यसअघि वैशाख १० मा राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तण गरेका गर्नुभएको थियो । ‘औषधि र परीक्षण किट हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको जारी सहकार्यलाई दर्साउँछ,’ विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले चुनौतीको घडीमा भारत सरकारले नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाएको उल्लेख गरेको छ ।

यसैवीच पराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले भारतिय सहयोगको लागि धन्यवाद दिनु भएको छ । उहाँले आफ्नो ट्वीटर एकाउण्ड मार्फत भारत सरकारलाई धन्यवाद दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu