ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सैनिक पोशाक दुरुपयोग गर्ने गैरसैनिक नियन्त्रणमा


एबीसी न्यूज
४ जेष्ठ २०७७, आइतबार   २ : ४२   बजे


काठमाडौं, ४ जेठ ।  नेपाली सेनाले लकडाउनलाई सफल तुल्याउन र सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, लकडाउनका समयमा सैनिक पोशाक लगाएका व्यक्तिले चलाएका सवारी साधनको ओहोरदोहोर बक्लो देखिएको भन्ने गुनासो प्राप्त भएपछि सैनिक मुख्यालय जङ्गी अड्डाले जाँच गर्न उपत्यका चार स्थानमा सैनिक प्रहरी खटाइएको हो ।

सेनाले काठमाडौँ उपत्यकाको नयाँबानेश्वर, महाराजगञ्ज, कालिमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइएको छ । सैनिक गैरसैनिकले सैनिक पोशाक लगाएर चलाइएका सवारी साधन नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाउने छ । जाँच गर्ने क्रममा बाँसबारीका राजु कोल्ड स्टोरका सञ्चालक सुशील खड्काले सैनिक पोशाक लगाएर लकडाउनको उल्लघन गरिरहेको अवस्थामा सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको सेनाले जानकारी दिएको छ ।

सैनिक मुख्यालयले कोभिड–१९ को जोखिमबाट सुरक्षित रहन र लकडाउन पालना गर्न अत्यावश्यक व्यक्ति अर्थात् १० प्रतिशत जनशक्तिलाई मात्र आवश्यकतानुसार जिम्मेवारीमा खटाएको छ । सैनिक सङ्गठनभित्र अनुशासन कायम गर्न सैनिक प्रहरीको विशेष भूमिका रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group