ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डी लिट किन्ने बार्सिलोनालको प्रस्ताव अस्विकार


एबीसी न्यूज
६ जेष्ठ २०७७, मंगलबार   १० : ०८   बजे

काठमाडौं, ६ जेठ ।  युभेन्ट्सले डिफेन्डर म्याथिज डी लिटका लागि बार्सिलोनाले राखेको ६६ मिलियन पाउण्डको प्रस्ताव अस्विकार गरेको छ ।

डी लिटलाई बार्सिलोनाले लामो समयको लक्ष्यको रुपमा राखेको छ । स्पेनिस क्लब गत समरमा उनलाई अनुबन्ध गर्न असफल रहेको थियो ।

बार्सिलोनाको प्रस्ताव अस्विकार गर्दै उनी गत सिजन ईटालियन च्याम्पियन युभेन्ट्स आएका थिए ।

सोही मुल्य राखेर बार्सिलोनाले पुन युभेन्ट्सलाई डी लिट लैजाने प्रस्ताव राखेको हो ।

पहिलो सिजन डी लिटका लागि सिरि ए क्लबको बसाई सुखद रहन सकेन । उनी लयमै देखिन निकै संघर्ष गर्नुपरेको छ । तर उनी टुरिन क्लबमै आफु जम्न चाहन्छन् ।

२० बर्षिया डिफेन्डर गर्लफ्रेन्ड सहित ईटालीमा रहेका छन् । उनी टुरिन क्लबमै लामो समय बिताउन चाहन्छन् । ईटालीमा लामो समय बस्न उनले तयारी समेत गरेका छन् ।

स्पेनिस क्लब बार्सिलोना र युभेन्ट्सबीच राम्रो सम्बन्ध छ । तर तत्काल युभेन्ट्स डी लिटलाई स्पेनमा बेच्न चाहदैन । डी लिटलाई युभेन्ट्सको भविष्यको रुपमा हेरिदै आईएको छ ।

पछिल्लो दशक लियोनार्दो बोनुची र जर्जियो चिलिनीले युभेन्ट्सको डिफेन्सको जग हालेका थिए । डी लिटको नेतृत्वमा युभेन्ट्सले सोही आश राखेको छ ।

मुख्य फुटबल अधिकारी फाबियो पाराटिसीका अनुसार क्लब डी लिटलाई दिर्घकालिन परियोजनाको रुपमा अघि बढाउन चाहन्छ । उनका अनुसार युभेन्ट्स डी लिटलाई यस अवस्थामा बाहिर पठाउने कुनै ईच्छा राख्दैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu