ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतिय मिडियाहरु सरकार भन्दा दुई कदम अगाडी बढेर बिना तथ्य र प्रमाण झुठको खेती गरिरहेका छन् (भिडियोसहित)


एबीसी न्यूज
९ जेष्ठ २०७७, शुक्रबार   १ : २१   बजे

काठमाडौं, ९ जेठ । बुधबार नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेत समेटेर नेपाली नक्सा जारी गरेपछि भारतिय मिडियाहरु निरन्तर रुपमा नेपाल माथि खनिन थालेका छन् । भारतिय मिडिया लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतिय भुमि भएको र नेपालले चिनको निर्देशनमा आफ्नो भुमि दाबी गरेको सम्म आरोप लगाइरहेका छन् ।

हुनत भारत सरकारले समेत उक्त भुमि आफ्नो भएको र नेपालले जारी गरेको नक्सा अस्वीकार गरीरहेको परिस्थितिमा भारतिय मिडियाले नेपालको नक्सा अस्वीकार गर्नु नौलो कुरा भएन । यद्यपी भारतिय मिडियाहरु सरकार भन्दा अझ दुई कदम अगाडी बढेर बिना तथ्य र प्रमाण भारतिय भुमि भएको दाबी गरिरहेका छन् । झुठको खेती गरिरहेका छन् । नेपाललाई हेप्ने थर्काउने र धम्काउने तरिकामा भारतीय निर्वस्त्र भएर चिच्याउनै थालेका छन् ।

हुनत भारतिय मिडिया खास खास परिस्थितिमा अन्ध राष्ट्रवादी देखाउने गरेका छन् । राष्ट्रवादको निम्ति झुठको साहारा लिनु र अफवाह फैलाउनु भारतिय मिडियाको विशेषता नै बनिसकेको छ । स्वयम् भारतिय जनता नै कतिपय भारतिय मिडियाको विश्वास गर्न छाडिसकेको अवस्था छ भने कतिपय मिडियालाई भारतिय संस्थापन पक्षले आफु अनुकुल प्रयोग गर्दै आएको छ । चाहे भारत, पाकिस्तान सिमा विवाद होस् अथवा अन्य मुलुकसँगको सिमा विवादको विषय होस्, भारतले विषयलाई अतिरञ्जित गर्ने गरेका छन् ।

यसपटक पनि भारतिय मिडियाले नेपालका प्रधानमन्त्रीले बोलेको कुरालाई युद्ध र आक्रमणकै उपमा दिई प्रस्तुती दिईरहेका छन् जसले मिडियाको न्युनतम सिद्धान्तसम्म पनि बोक्न सकेको छैन । भारतीय मिडियाको शैली विश्वभरका मिडियाकर्मीको निम्ति लज्जाको विषय बनेको छ । उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बडो शिष्टताको साथ बोलेको कुरालाई र नेपाली चेली तथा अभिनेत्री मनिषा कोईरालाले सिमासँग सम्बन्धित एउटा समाचार ट्वीटरमा सेयर गरेकै आधारमा अनेकन् लाञ्छना लगाइरहेका छन् । यो आम नेपाली र विशेष गरी मिडिया क्षेत्रको निम्ति दुखद विषय हो ।

सरकारले वार्ता, सम्वाद अगाडी बढाउँला, असहमती र असमझदारी हटाउला तर मिडियाको यो प्रस्तुती सँग सहमति पनाउने कुनै ठाउँ नै छैन । विज्ञहरु भारतिय मिडियाको यो शैली अन्धराष्ट्रवादले भरिएको र यसले स्वयम् भारतिय प्रजातन्त्रलाई नै अप्ठ्यारो पार्ने बताउँछन् ।

भारतिय मिडियाले जस्तो रिर्पोटिङ गरिरहेका छन् । के भारतिय संस्थापन पक्ष र सत्तारुढको पनि नेपाल र नेपाली प्रति, सिमा विवाद प्रति त्यस्तै धारणा हो त भन्ने प्रश्न जन्मिएको छ । भारतले भुमि दाबी गर्ने कुरा कुटनीतिक कुरा रह्यो र कुटनीतिक कुरालाई त्यसरी मिडियाबाजि गरिदैन । कुटनीतिक तहबाटै समस्या समाधान गरिन्छ । कतिपयले भारतिय संस्थापनले नै मिडियाको प्रयोग गर्ने गरेको पनि बताउने गरेका छन् । कतिपय भारतिय बौद्धिक वर्ग पनि केही मिडियाले सारा भारतको मिडिया नै बदनाम भएको स्वीकार्छन् । तर लोकतान्त्रिक मुलुकमा पत्रकारिताको धर्म सत्ता र शक्तिको पक्ष पोषण होइन, निष्पक्ष पत्रकारिता पथ प्रदर्शक हुन्छ । भारतिय मिडियाले सत्य तथ्यमा रही पथप्रर्दशकको भुमिका खेल्नुपर्ने र अर्नगल प्रचार गर्नु नहुने डा. कुन्दन अर्याल बताउनुहुन्छ ।

नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेसँगै जसरी भारतिय मिडियाहरु नेपाल र नेपालीहरु माथि खनिए, नेपाली मिडियाहरु पनि त्यसको प्रत्युत्तरमा उत्रिनुपर्ने आवाजहरु सामाजिक सञ्जालमा व्यापक रुपले उठेको छ ।

नेपाली मिडियाहरु कायर भएको संज्ञा पनि नागरिकहरुले दिएका छन् । तथापी नेपाली मुलधारको मिडियाहरुले निरन्तर समाचार संकलन, प्रकाशन तथा प्रशारण गरिरहेका छन् । सिमा विवादको सम्बन्धमा नेपाली मिडियाले सधैँभरी सरकारलाई पथ प्रदर्शकको काम गरिरहेकै छन् । डा. अर्याल यस बेला नेपाली पत्रकारले अन्धराष्ट्रवाद बोकेर होइन, सत्यको पक्षमा ऐतिहासिक तथ्य, प्रमाण, संन्धी सम्झौताका आधारमा समाचार संकलन गर्नुपर्ने र आवेशमा आउनु नहुने बताउनुहुन्छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भुमि भएको प्रमाणित भइसकेको अवस्थामा सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।

भारतिय मिडियाको अर्नगल प्रचार प्रसारको प्रतिवाद गरौँ तर सभ्यता र शिष्टताका साथ । सत्य, तथ्य र प्रमाणको आधारमा समाचार संकलन, प्रकाशन तथा प्रशारण गरौँ । नेपालीको पहिचान नै छ पत्थरको जवाफ फूलले दिने । तसर्थ सकारात्मक र सत्य तथ्य समाचार संम्प्रेषणमा नेपाली मिडिया सधैँ अगाडी हुनुपर्छ भने राष्ट्रियताको सवालमा आम नागरिकको साथमा सधैँ मिडिया हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group