ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखारी पानी भर्ने चरणमा (फोटोफिचर)


एबीसी न्यूज
११ जेष्ठ २०७७, आइतबार   ११ : २३   बजे

काठमाडौं, ११ जेठ । लकडाउनकै बीचमा ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखारीको पुनर्निर्माणको काम धमाधम चलिरहेको छ । कामदारलाई कार्यस्थलसम्म ल्याउन समस्या हुँदा पहिलेको तिव्र गतिमा काम भने भएको छैन । तर, अबको करिब २ हप्ताभित्र मन्दिरबाहेक पोखरी पुनर्निर्माणको काम सकाउने लक्ष्य रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । त्यसपछि रानीपोखरीमा पानी भर्ने काम सुरु हुने प्राधिकरणका पुरातत्व हेर्ने इन्जिनियर राजुमान मानन्धरले जानकारी बताउनुभयो । ‘१० दिनभित्र पोखरीको काम सकाएर त्यसलगत्तै पानी भर्न सुरु गर्छौं,’ उहाले भन्नुभयो ’पोखरीको उत्तरतर्फको गारोमा केही काम छ, भक्तपुरबाट कामदार ल्याएर काम गर्न गारो भएकाले कीर्तिपुरबाट ल्याएर काम गराउन लागेका छौं ।’

रानीपोखरीमा पानी नअडिने सम्भावना देखेर पुनर्निर्माण प्राधिकरणले पोखरीको गारो र पिँधमा कालो माटो राखेर त्यसमाथि इँटा बिछ्याएको छ । भक्तपुरको कालोमाटो राखेर पोखरी पुनर्निर्माण गरिएकाले पोखरीमा हालिने पानी नचुहिने विश्वास गरिएको छ । अब मन्दिर निर्माण अघि बढाउँदै पोखरीमा पानी राखेर चुहिनेरनचुहिने परीक्षण गरिनेछ । पोखरीमा पानी भर्न दुईवटा बोरिङ निर्माण भइसकेको छ । अहिले मन्दिरसम्म जाने पुल पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको काम भने भर्खर दुई तलाको मात्रै सकिएको छ ।

फोटो धुव्र अधिकारी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu