काठमाडौं, ११ जेठ । दुई महिनाअघि अष्ट्रेलियाबाट नेपाल आएका सोह्रखुट्टेका एक वृद्धमा कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौं महानगरपालिका वडानम्बर १६ सोह्रखुट्टेका ७९ वर्षीय वृद्धमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको थियो।
कोरोना संक्रमण भएका वृद्ध अष्ट्रेलियाबाट दुबई या कतार ट्रान्जिट पारेर चैत्र ३ गते नेपाल आएको वडाध्यक्ष मुकुन्द रिजाल जानकारी दिनुभयो । उनलाई अहिले आइसोलेसनमा लगिसकिएको छ र उनका सम्पर्कमा आएका १० जनालाई पनि पहिचान गरिसकेको वडाध्यक्ष रिजाले बताउनुभयो । मन्त्रालयले आइतबार काठमाडौँका १ सहित थप १९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जनाएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्