काठमाडौं, ११ जेठ । भारतीय ह्याकरहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वेबसाइट ह्याक गरेका छन् । आइतबार अपराह्न उनीहरुले क्यानको आधिकारिक साइट www.Caannepal.gov.n ह्याक गरेका छन् ।
उनीहरुले क्यानको साइटमा भारतीय झण्डा राखेका छन् । साइट ह्याक गर्नेले आफूलाईटिम आइक्रु नाम दिएको छ । उनीहरुले ‘फिल द पावर अफ इण्डियन ह्याकर’ भन्ने सन्देश पनि छाडेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले आफूहरुले ह्याकबारे जानकारी पाएको र यसलाई मर्मतको लागि माथिल्लो निकायमा जानकारी गराएको बताउनुभयो । ‘केन्द्रीय तहबाटै बनेको साइट भएकाले यो हेर्ने निकाय छुट्टै छ, हामीले जानकारी गराइसकेका छौँ ।’ पोख्रेलले भन्नुभयो ।
नेपालले नयाँ नक्सा जारी गरेपछि पछिल्लो केही दिनयता नेपाली र भारतीय ह्याकरबीच एक अर्काका देशका वेबसाइट ह्याक गर्ने क्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्