काठमाडौँ, १६ जेठ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले शनिबार बिहान साढे ९ बजे सचिवालय बैठक बोलाएको छ ।
आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटर्वार्ता भएपछि बैठक तय भएको हो ।
बजेटमा एमसीसीको कार्यक्रम समेटिएपछि त्यसबारे छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । एमसीसीलाई लिएर नेकपामा विवाद छ । पार्टीभित्र विवाद भएपछि यसबारे अध्ययन गर्न बनाइएको कार्यदलले एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्