काठमाडौं, १७ जेठ । आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुनेछ । आज बस्ने मन्त्रिपरिषदको बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटीर विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो । विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी रहेको समेत मन्त्रीले बताउनुभयो । सरकारले पछिल्लो पटक थप १५ दिन थपेको लकडाउनको अवधी यही जेठ २० गते सकिँदैछ ।
प्रतिक्रिया दिनुहोस्