दैलेख, १७ जेठ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो ।
दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए ।
मृतक युवाको शव के गर्ने भन्नेबारेमा जिल्ला प्रशासनसँग सहकार्य भइरहेको नगरप्रमुख भण्डारीले बताउनुभयो । कर्णाली प्रदेशका कोरोनाबाट मृत्यु हुनेमा उहाँ पहिलो हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्