काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्रोह, शान्ति र संविधानको नेतृत्व गर्दै विकासको नेतृत्व गर्ने अबसर आफूले प्राप्त गरेको बताएका छन् । प्रचण्डले भने यस्तो अवसर शायदै कसैलाई प्राप्त भएको छैन । एबीसी टेलिभिनजको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने नेपालनै विश्वभरि प्रचण्डका नामबाट चिनिने अवस्थामा जनतालाई आफूलाई भोट नहालेर कसलाई हाल्ने ? चुनावपछि आफू र केपी ओलीको भूमिका पनि प्रमुख नै हुने दावी गरे ।
प्रचण्डसंगको विस्तृत अन्तर्वार्ता शनिबार राती ९ बजे प्रसारण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्