सुर्खेत, २३ जेठ । कर्णाली प्रदेशमा कोरोना संक्रमित भएकामध्ये १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीमध्ये ८ जनालाई आजै डिस्चार्ज गर्ने तयारी भइरहेको कर्णाली प्रदेश अस्पतालले जनाएको छ । अस्पतालका कोरोना रोग फोकल पर्सन डा. केएन पौडेलका अनुसार ४ जना बच्चाको रिपोर्ट नेगेटिभ आए पनि उनीहरु आमासँगै भएकाले डिस्चार्ज गरिने छैन । कर्णाली प्रदेश अस्पतालमा हाल ६७ जना कोरोना संक्रमित उपचाररत छन् । डिस्चार्ज हुनेमा १ जना दैलेखका र अन्य सुर्खेतका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्