ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा छिटो भन्दा छिटो दक्ष जनशक्ति र सुविधा सम्पन्न आइसुलेसन र औषधिको व्यवस्था गरिनुपर्छ – सांसद पार्वति विशुन्के


एबीसी न्यूज
२३ जेष्ठ २०७७, शुक्रबार   ९ : २८   बजे

काठमाडौं, २३ जेठ ।  कर्णाली प्रदेश र जिल्लामा दक्ष जनशक्ति र सुविधा सम्पन्न आइसुलेसन र औषधिको व्यवस्था गरी संक्रमितको उपचार गरिनुपर्ने प्रतिनिधिसभा सांसद पार्वति विशुन्केले बताउनु भएको छ । उहाले रेड जोनमा परेको कर्णालीलाई विशेष प्राथमिकतामा राखी संघिय सरकारले कोरोना विशेष कार्यक्रम तय गरिनुपर्ने माग गर्नुभएको छ । आज प्रतिनिधीसभामा बोल्दै विकासका हिसावले कर्णालीलाई सधै उपेक्षा गरियो र संघियता आउदा पनि कर्णालीलाई नछुनु दुखद र विषय भएको बताउनुभयो ।

कर्णालीको रोदन कहिले सम्म सुनाउनु हो, यसरी नै सधै हेपीने, रोदन गरी राख्नु पर्ने र विकासमा पछाढी पर्नु पर्ने हो भने कर्णालीले सधै सहेर बस्दैन, कर्णालीलाई सदियौ उपेक्षा गरिए यस्को मुल्य राज्यलाई महंगो पर्न सक्छ । उहाले भन्नुभयो ।  पटक पटक कर्णालीको पानी उपयोग गर, बाटो, पुल पुलेसा, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख भनेर तर संवोधन हुन नसकेन बताउदै उहाले सुर्खेत दैलेखको ६७ किमि बाटो विस्तार गरी डवल लेनको बनाउन संघिय सरकारसंग पटक पटक भनेको तर सुनुवाई नभएको समेत गुनासो गर्नुभयो । दैलेख सुर्खेतबाटो ६ जिल्लाको पायक पर्ने भएपनि तर सम्वोधन नभएको सांसद विशुन्केले बताउनुभयो ।

सुर्खेत दैलेख बजार महावुलेक भाल्तडी हुदै नाग्म भई नाग्चेनाग्ला जाने अन्तरदेशिय सडक राष्टिय गौरव मार्गमा पर्यो तर पैसा नै हरायो, अहिले विनियोजन गरीएको १८ करोड बजेट चित्त बुझाउन हालिएको छ यो यती लामो र अन्तरजिल्ला र देश जोड्ने बाटोमा हात्तिको मुखमा जिरा जतिकै हो । उहाले भन्नुभयो ।  निर्वाचन क्षेत्र विकास पुर्वाधार साझेदारी कार्यक्रम समानुपातिक वजेट विनियोजन पनि विभेदकारी भएको बताउदै कर्णालीका सबै जिल्ला जोड्दा काठमाडौं जतिको बजेट हुदैन, अब काठमाडौका जनता कर्णाली प्रदेशका जिल्लामा राखौ र काठमाडौं मा कर्णालीका जनता ३ महिना राखौ बल्ल थाहा हुन्छ कर्णालीको रोदन काठमाडौलाई गणितिय हिसवाले यो पनि समानुपातिक होइन यो पनि असमानता भएको बताउनुभयो ।

छिमेकीले अतिक्रमण गरेको जमिन सहित समावेश गरी नेपालको नक्सा प्रशसन गर्न सफल भुमि मन्त्रीले भुमि आयोगको जिल्ला जिल्लामा संरचना विस्तार गरी सदियौ देखिको भुमि समस्या निरुपण यही सरकार र बहालवाला मन्त्रीबाट गर्नका लागि आग्रह गर्दै सांसद विशुन्केले सधै कर्णालीले रोदन सुनाएर, उपेक्षामा परेर, हेपीएर नवस्ने र यसरी नै उपेक्षा गरिए कर्णाली सहेर नवस्ने र यसको मुल्य राज्यलाई महंगो पर्ने विषयमा सदनमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group