ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव


एबीसी न्यूज
२४ जेष्ठ २०७७, शनिबार   ७ : ४९   बजे


काठमाडौं, २४ जेठ । एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा)लाई प्रस्ताव गरेको हो ।

यसअघि गत चैतमा अष्ट्रेलिया, चाइनिज ताईपेइ र जोर्डनसँग छनोट खेल घरेलु मैदानमा खेल्ने तय भए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियोे । स्थगित खेल अक्टोबर ८  १३ तथा नोभेम्बर १२ र १७ तारिखमा गर्न प्रस्ताव गरिएको एएफसीले जनाएको छ । विभिन्न देशका फुटबल संघसितको भिडियो बैठक पछि एएफसीले उक्त मितिमा खेल गराउन तयारी थालेको हो । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ । ति सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ ।

एएफसीको प्रस्तावलाई फिफाले अनुमति दिएमा नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपालले हालसम्म पाँच खेलमा तीन अङ्क जोडेको छ । नेपालले चाइनिज ताइपेइलाई पराजित गरी उक्त समूहमा चौथो स्थान बनाएको थियो । हालसम्मको खेल प्रदर्शनअनुसार १२ अङ्कका साथ अष्ट्रेलिया शीर्षस्थानमा, १० अङ्कका साथ कुवेत दोस्रो, समान १० अङ्क नै बनाएको जोर्डन तेस्रो तथा अङ्कबिहीन अवस्थामा रहेको चाइनिज ताइपेइ समूह बी को पुछारमा छ ।

समूहको शीर्षटोली विश्वकपको तेस्रो चरणमा पुग्नुका साथै एशिया कपमा सोझै पुग्नेछ । दोस्रो हुने टोली विश्वकपको तेस्रो चरणमा तथा एशिया कप छनोटको तेस्रो चरणमा पुग्नेछ । तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोली विश्वकप छनोटबाट बाहिरिने छन् । विश्वकप २०२२ कतारमा तथा एएफसी एशियन कप २०२३ चीनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu